स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु, १७ जना घाइते – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु, १७ जना घाइते


नयाँ विकल्प,
स्याङ्जा – स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

केहीबेर अगाडि भएको दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

दुर्घटनामा गल्याङ नगरपालिका ९ का ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप उकालोमा ब्रेक फेल भएर जीप झण्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ आश्विन २४, २१: ००

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन २४, २१: ००

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन २४, २१: ००

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...