
कम्युनिष्ट सरकार आफैं ढलेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण भएपश्चात् मन्त्रीपरिषद्मा प्रधानमन्त्री देउवाले समावेश नगराएपछि काठमाडौं काँग्रेस आक्रोसित भएको छ । नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति सवुज (कृष्ण) बानियाले राजनैतिक ऐतिहासिक थलो काठमाडौं उपत्यकालाई उपेक्षा गरेर सरकार निर्माण गरेको भन्दै प्रधानमन्त्री देउवाले प्रतिशोध साधेको आरोप लगाएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा १४ नगरसमितिको नैकापमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वानियाले देशको राजनैतिक परिवर्तनमा उल्लेखनीय भूमिका निभाएको काठमाडौं काँग्रेस जटिल परिस्थितिमा पनि काठमाडौंबाट निर्वाचितहरुलाई सरकारमा सामेल नगराउनु भनेको काठमाडौं काँग्रेसमाथि अन्याय हो ।
त्यसैले नेताहरुले पूर्वाग्रह राखेर राज्यसत्ता चलाउँदा इतिहासलाई पनि पल्टाएर हेर्न सुझाव दिए । १० सिट रहेको काठमाडौं जिल्लाबाट चार जना निर्वाचित भएको पार्टीका शक्तिशाली नेता प्रकाशमान सिंह समेत काठमाडौंको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।
पार्टीको १४औं महाधिवेशनका लागि पार्टी सभापति पदमा प्रत्यासी भई रहँदा राजनैतिक प्रतिशोध साँधेको हो भने त्यो काठमाडौं काँग्रेसलाई सह्य नहुने बानियाले बताए । यद्यपी सिंहले आफु सरकारमा सामेल नहुने भन्दै काठमाडौंबाट निर्वाचित अन्य तीन जनामध्ये मन्त्री बनाउन देउवालाई आग्रह गरेको भएतापनि मन्त्रीपरिषद्मा भिमसेनदास प्रधान, गगन थापा र राजन कुमार केसीमध्ये कसैलाई पनि मन्त्रीपरिषद्मा लगिएन ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...