काठमाडौं काँग्रेसमाथि अन्याय सहदैनौं-बानियाँ – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

काठमाडौं काँग्रेसमाथि अन्याय सहदैनौं-बानियाँ

कम्युनिष्ट सरकार आफैं ढलेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण भएपश्चात् मन्त्रीपरिषद्मा प्रधानमन्त्री देउवाले समावेश नगराएपछि काठमाडौं काँग्रेस आक्रोसित भएको छ । नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति सवुज (कृष्ण) बानियाले राजनैतिक ऐतिहासिक थलो काठमाडौं उपत्यकालाई उपेक्षा गरेर सरकार निर्माण गरेको भन्दै प्रधानमन्त्री देउवाले प्रतिशोध साधेको आरोप लगाएका छन् ।

चन्द्रागिरि नगरपालिका वडा १४ नगरसमितिको नैकापमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वानियाले देशको राजनैतिक परिवर्तनमा उल्लेखनीय भूमिका निभाएको काठमाडौं काँग्रेस जटिल परिस्थितिमा पनि काठमाडौंबाट निर्वाचितहरुलाई सरकारमा सामेल नगराउनु भनेको काठमाडौं काँग्रेसमाथि अन्याय हो ।

त्यसैले नेताहरुले पूर्वाग्रह राखेर राज्यसत्ता चलाउँदा इतिहासलाई पनि पल्टाएर हेर्न सुझाव दिए । १० सिट रहेको काठमाडौं जिल्लाबाट चार जना निर्वाचित भएको पार्टीका शक्तिशाली नेता प्रकाशमान सिंह समेत काठमाडौंको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

पार्टीको १४औं महाधिवेशनका लागि पार्टी सभापति पदमा प्रत्यासी भई रहँदा राजनैतिक प्रतिशोध साँधेको हो भने त्यो काठमाडौं काँग्रेसलाई सह्य नहुने बानियाले बताए । यद्यपी सिंहले आफु सरकारमा सामेल नहुने भन्दै काठमाडौंबाट निर्वाचित अन्य तीन जनामध्ये मन्त्री बनाउन देउवालाई आग्रह गरेको भएतापनि मन्त्रीपरिषद्मा भिमसेनदास प्रधान, गगन थापा र राजन कुमार केसीमध्ये कसैलाई पनि मन्त्रीपरिषद्मा लगिएन ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन २५, १३: ०२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ आश्विन २५, १३: ०२

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन २५, १३: ०२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...