कपिलवस्तुमा फैलिएको झाडापखला नियन्त्रणमा, परीक्षण गर्दा भाइब्रियो कोलेरा भेटियाे – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कपिलवस्तुमा फैलिएको झाडापखला नियन्त्रणमा, परीक्षण गर्दा भाइब्रियो कोलेरा भेटियाे

काठमाडौं । कृष्णनगर नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र ९ मा गत असोज १८ गतेदेखि फैलिएको झाडापखलाका बल्ल नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एकैपटक आठ सय ८५ जना बिरामी परेपछि सरोकारवालाको ध्यान गएको थियो । बिरामीमध्ये शिवराज अस्पतालमा अझै २५ जनाको अहिलेपनि उपचार जारी छ। हालसम्म आठ सय १९ जना निको भइसकेर घर फर्किएको मन्त्रालयले कथन छ। मन्त्रालयले विज्ञप्ति निकालेर स्थानीय, प्रदेश र संघीय सरकार र विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरूको समन्वयमा झाडापखाला नियन्त्रणमा ल्याइएको जनाएको छ।

झाडापखालाबाट चार जनाको मृत्यु भएको छ। संकलन गरिएका दिसाका नमुना लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइब्रियो कोलेरा र ओगावा भाइरस देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खानेपानी संस्थानले वितरण गरेको पानी र घरघरमा गाडिएका चापाकलको पानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको थियो। दुषित खानेपानीको प्रयोग र सरसफाइको कमीका कारण झाडापखला फैलिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi
  • २०७८ कार्तिक १, ०८: २२

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi Salam, mənim adım Elvin Həsənov, və bu yazıda Pin Up Casino-nu...

What live casino games does Gransino offer?
  • २०७८ कार्तिक १, ०८: २२

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

What should a beginner know before a first deposit at BetBlast?
  • २०७८ कार्तिक १, ०८: २२

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...