
काठमाडौं । कृष्णनगर नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र ९ मा गत असोज १८ गतेदेखि फैलिएको झाडापखलाका बल्ल नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एकैपटक आठ सय ८५ जना बिरामी परेपछि सरोकारवालाको ध्यान गएको थियो । बिरामीमध्ये शिवराज अस्पतालमा अझै २५ जनाको अहिलेपनि उपचार जारी छ। हालसम्म आठ सय १९ जना निको भइसकेर घर फर्किएको मन्त्रालयले कथन छ। मन्त्रालयले विज्ञप्ति निकालेर स्थानीय, प्रदेश र संघीय सरकार र विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरूको समन्वयमा झाडापखाला नियन्त्रणमा ल्याइएको जनाएको छ।
झाडापखालाबाट चार जनाको मृत्यु भएको छ। संकलन गरिएका दिसाका नमुना लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइब्रियो कोलेरा र ओगावा भाइरस देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खानेपानी संस्थानले वितरण गरेको पानी र घरघरमा गाडिएका चापाकलको पानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको थियो। दुषित खानेपानीको प्रयोग र सरसफाइको कमीका कारण झाडापखला फैलिएको मन्त्रालयले जनाएको छ।
Welcome to Rooli Casino – Quick Wins & Instant Thrills Rooli Casino has become a hotspot for players who love...
Short‑Hit Gaming: The Boomerang Experience Wanneer je inlogt bij Boomerang Casino, is het eerste wat je opvalt de hartslag‑verhogende snelheid...
Red Dog Casino has carved out a niche for players who crave adrenaline‑filled bursts of gameplay. The platform’s focus on...