बाढी पहिरोमा परी मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने सरकारकाे निर्णय – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

बाढी पहिरोमा परी मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको हो ।

बुधबार सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन राज्यका सबै संयन्त्र परिचालन हुने बताइएको छ । बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने भएको छ ।

घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

Cusco Casino – Quick‑Hit Slots en Razendsnelle Winsten voor de High‑Intensity Speler
  • २०७८ कार्तिक ३, १७: ३५

Voor spelers die verlangen naar directe spanning en snelle uitbetalingen, levert Cusco Casino een ervaring die draait om korte, high‑intensity...

VegasHero Casino: Short, High‑Intensity Sessions for the Quick‑Outcome Fan
  • २०७८ कार्तिक ३, १७: ३५

1. The Fast‑Lane Welcome When you first land on VegasHero Casino UK, the interface greets you with a sleek layout...

Funbet Casino: Quick‑Hit Slots en Fast‑Track Wins
  • २०७८ कार्तिक ३, १७: ३५

1. The Pulse of Short, High‑Intensity Play Funbet casino heeft een niche gevonden voor spelers die verlangen naar directe bevrediging....