
हुम्ला । पहिरोले खानेपानीको मुहान बगाएपछि हुम्ला सदरमुकाममा खानेपानीको हाहाकार भएको छ । आइतबार रातिदेखिको लगातार बर्षाका कारण पहिरोले हुम्लाको हुमाने तथा छ्याल्दर खोलामा रहेको पानीको मुहानलाई बगाएको हो ।
मुहान नै बगाएपछि सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रमा रहेका धारामा घण्टौँसम्म लाइन बसेर पानी थाप्नुपर्ने अवस्था आएको हो ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर भण्डारीका अनुसार मुहान मर्मत गर्न अझै एक हप्ता बढी समय लाग्ने अनुमान छ । पहिरोले खानेपानीको मुहान मर्मतका लागि नेपाली सेना र खानेपानी उपभोक्ता समिति लागिरहेको छ ।
अविरल वर्षापछिको बाढी र पहिरोले खानेपानी र सिँचाईका संरचनाहरुमा क्षेति पु¥याएपछि खार्पुनाथ गाउँपालिका र सिमकोट गाउँपालिकाका स्थानीयबासीहरु धमिलो पानी प्रयोग गर्न बाध्य भएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं. २ थालीका ३० घरधुरी र सिमकोट गाउँपालिका वडा नं. १ कुम्लिङ गाउँका २५ घरधुरीले खोलाको धमिलो पानी प्रयोग गर्दै आएका हुन् । यस गाउँका खानेपानीको संरचनालाई मङ्गलबार राति आएको बाढी पहिराले बगाएको थियो ।
स्थानीयबासीका अनुसार, ‘खानेपानीका मुहान नै बाढी पहिरोले बगाएपछि, गाउँमा निर्माण भएका धारामा पानी आउँदैन् । हामी स्थानीयहरु खानेपानी ल्याउनका नजिकको खोलामा गएर धमिलो पानी थाप्नुपर्ने अवस्था आएको छ ।’
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...