
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्र प्राप्त गरेका द्वन्द्वपीडितले सो परिचय पत्र देखाएमा अबदेखि सिंहदरबारमा प्रवेश पाउने भएका छन्।
गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारीबीच आइतबार गृहमन्त्रालयमा भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्रवाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो।
आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, सुनिलरञ्जन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई आयोगले हालसम्म गरेका काम र गृह मन्त्रालयसँगको अबको समन्वय गर्ने बारे छलफल गर्न मन्त्रालयमा आइतबार मत्रालय गएका थिए। छलफलमा गृहमन्त्री खाँण, सचिव टेकनारायण पाण्डे र प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए।
आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचय पत्र प्रदान गरेका द्वन्द्व पीडितलाई त्यही पास देखाएर सिंहदबार छिर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए। सोही बमोजिम आयोगको परिचय पत्रबाहकलाई सिंहदरबारमा प्रवेश गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।
गृहमन्त्री खाणसहित मन्त्रालयका पदाधिकारी र आयोगका पदाधिकारीबीच पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचय पत्र दिएका व्यक्तिहरूले पाउने सेवा सुविधा, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा संशोधनलगायत विषयमा छलफल भएको थियो।
आयोगले अहिलेसम्म सात सय ४४ परिवारका एक हजार तीन सय ७८ जनालाई परिचय पत्र प्रदान गरेको छ। आयोगका प्रवक्ता डा. गंगाधर अधिकारीका अनुसार आयोगमा अहिलेसम्म तीन हजार दुई सय ४३ ले आफ्नो परिवारका सदस्य बेपत्ता भएको भनेर उजुरी दिएका छन्। त्यसमध्ये आयोगले दुई हजार चार सय ९७ उजुरीमाथि विष्तृत अनुसन्धान भइरहेको प्रवक्ता डा. अधिकारी ले जानकारी दिए।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...