फागुनबाट रोमियो एण्ड मुना – Naya Bikalpa
March 29, 2024, Friday

फागुनबाट रोमियो एण्ड मुना

काठमाडौं । चलचित्र रेसम फिलिलीको सफलता पश्चात अभिनेता बिनय श्रेष्ठले निर्माण गरेको चलचित्र ‘रोमियो एण्ड मुना’ आगामी फागुनबाट प्रदर्शनमा आउने भएको छ । वितरकसँगको सम्झौता अनुसार यो चलचित्र आगामी ११ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउने यसका निर्माता एवँ अभिनेता बिनयले जनाएका छन् । ६ महिना अघि नै छायाँकन भए पनि बीचमा रोकिएको यो चलचित्रको अब भने सुटिङ कार्य सकिएको छ ।
नरेशकुमार केसीले निर्देशन गरेको यो चलचित्रलाई बिनयसँगै प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्यले यो चलचित्रलाई निर्माण गरेका हुन् । रोमियो एण्ड मुनामा विनय श्रेष्ठको जोडीको रुपमा अभिनेत्री सृष्टि श्रेष्ठ छिन् । फिल्मको नामले नै यो प्रेम कथामा आधारित रहेको यसको निर्माण पक्षले जनाएको छ ।
निर्माता गोपालीको अनुसार छायाँकन सकेर अहिले यो चलचित्रको सम्पादनको कार्य हुँदैछ । केही दिनमै चलचत्रिको स्वराँकन लगायतको काम सुरु हुने र माघको अन्तिमसम्म चलचित्र तयार हुने पनि उनले जानकारी गराए । दिपाङकर सिग्देल र बाबु श्रेष्ठको छायाँकन रहेको यो चलचित्रमा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दिवाङकरको संगीत छ । युवालाई लक्षित गरिएको यो चलचित्रलाई काठमाडौं र धरानमा छायाँकन गरिउको हो । रोमियो एण्ड मुनाको कथा, संवाद र लेखन पनि निर्देशक केसी कै हो ।

सम्बन्धित समाचार

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
  • २०७४ मंसिर ११, ०८: ४६

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित...

अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
  • २०७४ मंसिर ११, ०८: ४६

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा...

नेपाली चलचित्रको बलियो बजार बन्दै
नेपाली चलचित्रको बलियो बजार बन्दै
  • २०७४ मंसिर ११, ०८: ४६

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि...