फागुनबाट रोमियो एण्ड मुना – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

फागुनबाट रोमियो एण्ड मुना

काठमाडौं । चलचित्र रेसम फिलिलीको सफलता पश्चात अभिनेता बिनय श्रेष्ठले निर्माण गरेको चलचित्र ‘रोमियो एण्ड मुना’ आगामी फागुनबाट प्रदर्शनमा आउने भएको छ । वितरकसँगको सम्झौता अनुसार यो चलचित्र आगामी ११ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउने यसका निर्माता एवँ अभिनेता बिनयले जनाएका छन् । ६ महिना अघि नै छायाँकन भए पनि बीचमा रोकिएको यो चलचित्रको अब भने सुटिङ कार्य सकिएको छ ।
नरेशकुमार केसीले निर्देशन गरेको यो चलचित्रलाई बिनयसँगै प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्यले यो चलचित्रलाई निर्माण गरेका हुन् । रोमियो एण्ड मुनामा विनय श्रेष्ठको जोडीको रुपमा अभिनेत्री सृष्टि श्रेष्ठ छिन् । फिल्मको नामले नै यो प्रेम कथामा आधारित रहेको यसको निर्माण पक्षले जनाएको छ ।
निर्माता गोपालीको अनुसार छायाँकन सकेर अहिले यो चलचित्रको सम्पादनको कार्य हुँदैछ । केही दिनमै चलचत्रिको स्वराँकन लगायतको काम सुरु हुने र माघको अन्तिमसम्म चलचित्र तयार हुने पनि उनले जानकारी गराए । दिपाङकर सिग्देल र बाबु श्रेष्ठको छायाँकन रहेको यो चलचित्रमा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दिवाङकरको संगीत छ । युवालाई लक्षित गरिएको यो चलचित्रलाई काठमाडौं र धरानमा छायाँकन गरिउको हो । रोमियो एण्ड मुनाको कथा, संवाद र लेखन पनि निर्देशक केसी कै हो ।

सम्बन्धित समाचार

‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
  • २०७४ मंसिर ११, ०८: ४६

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...

‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
  • २०७४ मंसिर ११, ०८: ४६

काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’...

चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
  • २०७४ मंसिर ११, ०८: ४६

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर...