काठमाडौं । चलचित्र रेसम फिलिलीको सफलता पश्चात अभिनेता बिनय श्रेष्ठले निर्माण गरेको चलचित्र ‘रोमियो एण्ड मुना’ आगामी फागुनबाट प्रदर्शनमा आउने भएको छ । वितरकसँगको सम्झौता अनुसार यो चलचित्र आगामी ११ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउने यसका निर्माता एवँ अभिनेता बिनयले जनाएका छन् । ६ महिना अघि नै छायाँकन भए पनि बीचमा रोकिएको यो चलचित्रको अब भने सुटिङ कार्य सकिएको छ ।
नरेशकुमार केसीले निर्देशन गरेको यो चलचित्रलाई बिनयसँगै प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्यले यो चलचित्रलाई निर्माण गरेका हुन् । रोमियो एण्ड मुनामा विनय श्रेष्ठको जोडीको रुपमा अभिनेत्री सृष्टि श्रेष्ठ छिन् । फिल्मको नामले नै यो प्रेम कथामा आधारित रहेको यसको निर्माण पक्षले जनाएको छ ।
निर्माता गोपालीको अनुसार छायाँकन सकेर अहिले यो चलचित्रको सम्पादनको कार्य हुँदैछ । केही दिनमै चलचत्रिको स्वराँकन लगायतको काम सुरु हुने र माघको अन्तिमसम्म चलचित्र तयार हुने पनि उनले जानकारी गराए । दिपाङकर सिग्देल र बाबु श्रेष्ठको छायाँकन रहेको यो चलचित्रमा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दिवाङकरको संगीत छ । युवालाई लक्षित गरिएको यो चलचित्रलाई काठमाडौं र धरानमा छायाँकन गरिउको हो । रोमियो एण्ड मुनाको कथा, संवाद र लेखन पनि निर्देशक केसी कै हो ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...