खेलाडी संघले बुझायो खेलकुद मन्त्रीलाई ८ बुँदे ज्ञापनपत्र (भिडियाे सहित) – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

खेलाडी संघले बुझायो खेलकुद मन्त्रीलाई ८ बुँदे ज्ञापनपत्र (भिडियाे सहित)

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले विभिन्न माग राख्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ज्ञापनपत्र बुझाएको छ । नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नु पर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नु पर्ने लगाएका माग राखेर अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मंगलबार मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ८ बुँदागत मागहरु समेटिएको छ । खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, विमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई सरकारी स्तरबाटै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, स्थानीय स्तरका खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरि परिचय पत्रको व्यवस्था गर्नुपर्ने लगाएतका मागहरू छन् ।

पटक पटक आफ्ना मागहरुका विषयमा राज्यको ध्यानाकर्षण गराएपनि कुनै सुनुवाइ नभएको गुनासो अध्यक्ष श्रेष्ठको छ । अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रमा युवाहरुलाई प्ररित गर्ने वातावरण बनाउन पनि आग्रह गरे ।

युवा तथा खेलकुदमन्त्री गहतराजले ज्ञापन पत्र बुझ्दै खेल क्षेत्रको बिकासका लागि आफु प्रतिवद्ध रहेको रे खेल क्षेत्रको नीति तयार गर्दा सरोकारवालाहरुलाई सहभागी गराउने जानकारी गराए ।

संघले १३ औं सागमा रजत र कांश्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको छ । सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार दिइएको थियो ।

भिडियाे…

सम्बन्धित समाचार

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ कार्तिक ९, १६: ४६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०७८ कार्तिक ९, १६: ४६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
  • २०७८ कार्तिक ९, १६: ४६

काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...