सुरक्षाको कारण देखाउँदै अष्ट्रेलियाले दुई चिनियाँ टेलिकम कम्पनीहरूबाट फाइभजी मोबाइल सञ्जालको प्रविधि नलिने भएको छ । हुआवेईका अनुसार अस्ट्रेलियाली सरकारले आफू र जेडटीईलाई प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियाली सरकारले ती कम्पनीहरूले चिनियाँ सरकारका लागि गुप्तचरी गर्न सूचना सङ्कलन गरेको आशङ्का गरेको हो । सो निर्णयप्रति हुआवेईले दुस्ख व्यक्त गरेको छ। “उपभोक्ताका लागि यो धेरै निराशाजनक परिणाम हो,“ उसले आफ्नो आधिकारिक ट्विटरमा लेखेको छ ।
विश्लेषकहरूले उक्त कदमको अन्तर्रा्ष्ट्रिय प्रभाव हुने आकलन गरेका छन् । अघि नै अमेरिकी सुरक्षा निकायहरूले हुआवेईका उपकरण प्रयोग नगर्न सुझाव दिइसकेका छन् । गत जुन महिनामा यूकेमा पनि सुरक्षा समितिले हुआवेईको सञ्चारसाधन राष्ट्रिय सुरक्षाका लागि खतरा नभएको निश्चित हुन नसकिने बताएको थियो । फाइभजी मोबाइल इन्टर्नेटको आगामी सुविधा हो ।
यसले विद्यमान फोरजी प्रविधिले भन्दा स्थिर कनेक्शन र व्यापक कभरेज दिने बताइन्छ । यो सञ्चालनमा आएपछि तीव्र गतिमा डेटा डाउनलोड र अप्लोड गर्न सकिनेछ । विभिन्न देशहरूले फाइभजी प्रविधिमा आधारित सञ्जाल विस्तार गर्न खोज्दैछन् । विश्लेषकहरूका अनुसार सन् २०२० सम्ममा केही स्थानमा यो सुविधा सुरु हुनेछ ।
परामर्शदातृसंस्था कनेक्टिभिटीएक्सका मार्क न्युम्यान प्रविधि आपूर्ति गर्ने कम्पनीलाई प्रतिबन्ध लगाउँदा फाइभजीको विस्तारमा ठूलो आघात पुग्ने बताउँछन् । हुआवेई सञ्चार उपकरणको सबैभन्दा ठूलो उत्पादक हो । प्रतिबन्धको निर्णयबारे टिप्पणी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अस्ट्रेलियाले कृत्रिम अवरोध सिर्जना गर्न निहुँ बनाउन नहुने बताएका छन् । चीनले अस्ट्रेलियालाई वैचारिक पूर्वाग्रह त्याग्न र चिनियाँ कम्पनीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउन आग्रह गरेको छ । हुआवेईले भने आफ्ना उत्पादनहरूको प्रयोग असुरक्षित नहुने दाबी गरेको छ ।
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी...
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका...
तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार...