द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper

द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु

पेरिस । अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ । अध्ययनमा, यीमध्ये १२ महिना वा सोभन्दा कम उमेरका शिशुमात्र ३० लाख रहेका छन् ।

विश्व प्रसिद्ध द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानमा मृत्यु भएका बालबालिकाको एकएक गणना नगरिएको, तर अफ्रिकामा भएका १५,४४१ वटा द्वन्द्वको विश्लेषण गरिएको उल्लेख छ । यो द्वन्द्वमा झण्डै दशलाख मानिसको मृत्यु भएको थियो । ल्यान्सेटमा यिनै मृत्यु भएका व्यक्ति, बालबालिकाको जन्म र मृत्यु दर्तालाई अनुसन्धानमा समेटिएको छ ।

अनुसन्धाताहरुले १०० किलोमिटरको वरिपरिको क्षेत्रभित्र हुने बालमृत्यु तथा आठ वर्षसम्मको सशस्त्र द्वन्द्वका जोखिमलाई ध्यान दिएर तथ्याँक सङ्कलन गरेको थियो । यही आधारमा उनीहरुले अफ्रिकाका धेरै युद्धहरुमा बालमृत्युका घटनाको तथ्याँक विश्लेषण गरेका छन् । प्रतिवेदन लेखकहरुका अनुसार विगतमा अनुमान गरिएभन्दा बालमृत्युको संख्या बढेको पाइएको छ ।

“अरु कुनै महादेशमा भन्दा अफ्रिकी महादेशमा विगत ३० वर्षमा बढी दर्दनाक सशस्त्र द्वन्द्वहरु भइरहेका छन,” उनीहरुले लेखेका छन् । “यस विश्लेषणमा भनिएको छ, सशस्त्र द्वन्द्वको प्रभाव लडाकूको मृत्यु र भौतिक विनाशभन्दा बढी बालबालिकाको मृत्युको जोखिम हुन्छ र यसको प्रभाव लामो समयसम्म पर्दछ ।”

बालबालिकालाई प्रत्यक्ष घाउचोट लाग्नुका अलावा द्वन्द्वका कारण धेरै वर्षसम्म बालमृत्यु र पुड्कोपनका समस्या आइरहेको हुन्छ, प्रतिवेदनमा उल्लेख छ । गर्भवती महिला र नवजात शिशुका लागि उपचार सेवाको अभाव, सरसफाई सेवा र खानेपानीको प्रबन्धको व्यवस्थाको अभावमा फैलिने रोग तथा खाद्यान्न अभावका कारण कुपोषण तथा औषधिको अभावका कारण पनि आममहिलाको मृत्यु हुनुका साथै बालमृत्यु हुने गर्दछ ।–बीबीसी

सम्बन्धित समाचार

जसपा नेपालका उम्मेदवार रणबीर क्षेत्रीले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी नानु बास्तोला जित नजिक
जसपा नेपालका उम्मेदवार रणबीर क्षेत्रीले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी नानु बास्तोला जित नजिक
  • २०७५ भाद्र १८, ०८: ५३

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी...

संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह
संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह
  • २०७५ भाद्र १८, ०८: ५३

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका...

इरानी सर्वोच्च नेता खामेनी मारिए, ४० दिन शोकको घोषणा
इरानी सर्वोच्च नेता खामेनी मारिए, ४० दिन शोकको घोषणा
  • २०७५ भाद्र १८, ०८: ५३

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार...