इंग्ल्याण्डका ब्याट्सम्यान रोय विश्वकपबाट बाहिरिए – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

इंग्ल्याण्डका ब्याट्सम्यान रोय विश्वकपबाट बाहिरिए

नयाँ विकल्प,

काठमाडौं -इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोय खुट्टामा चोट लागेपछि टी–२० विश्वकपका थप खेलहरू खेल्न नसक्ने भएका छन् ।

उनको स्थानमा जेम्स भिन्सलाई टोलीमा समावेश गरिएको छ ।
सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुने क्रममा रोय चोटग्रस्त बनेका थिए ।

फिल्डिङ गर्दा नै उनको खुट्टामा समस्या देखिएको थियो ।

पछि ब्याटिङ गर्दा पाँचौँ ओभरमा सिंगल लिने क्रममा उनको खुट्टामा थप समस्या देखिएको थियो ।

उनको देब्रे खुट्टाको मासु च्यातिएको भनिएको छ । १५ बलमा २० रन बनाएपछि उनी रिटायर्ड हर्ट भएका थिए ।

उनले अर्का खेलाडी टम करानको सहायताले मैदान छाडेका थिए ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ कार्तिक २३, २१: ५०

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०७८ कार्तिक २३, २१: ५०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७८ कार्तिक २३, २१: ५०

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...