
नयाँ विकल्प,
काठमाडौं -इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोय खुट्टामा चोट लागेपछि टी–२० विश्वकपका थप खेलहरू खेल्न नसक्ने भएका छन् ।
उनको स्थानमा जेम्स भिन्सलाई टोलीमा समावेश गरिएको छ ।
सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुने क्रममा रोय चोटग्रस्त बनेका थिए ।
फिल्डिङ गर्दा नै उनको खुट्टामा समस्या देखिएको थियो ।
पछि ब्याटिङ गर्दा पाँचौँ ओभरमा सिंगल लिने क्रममा उनको खुट्टामा थप समस्या देखिएको थियो ।
उनको देब्रे खुट्टाको मासु च्यातिएको भनिएको छ । १५ बलमा २० रन बनाएपछि उनी रिटायर्ड हर्ट भएका थिए ।
उनले अर्का खेलाडी टम करानको सहायताले मैदान छाडेका थिए ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...