दर खाँदा प्रमुख अथितिनै सिकिस्त – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

दर खाँदा प्रमुख अथितिनै सिकिस्त

काभ्रेपलाञ्चोक । महिनौदेखि तिज मनाउँदै आएका महिलाहरुले अघिल्लो हप्ता काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा भएको तीजको दर खाने क्रममा फुड पोइजन भएर ३६८ जना बिरामी भएका थिए ।

तिजको अवसरमा रमाईलो गर्न भनी पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वाबम्वन बहुउद्देश्यीय सहकारी संस्थाले गएको शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथि भएर पुगेकी प्रदेश ३ की सांसद गोमा भूर्तेलसहित सयौं बिरामीहरु बेडमा उपचार छटपटाइ रहेको थिए । अस्पतालमा मात्र एक सय ३५ बिरामी भर्ना भएका थिए ।

बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ जनाको उपचार भएको अस्पतालका डाक्टर अनमोल श्रेष्ठले बताए । बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत ५६ जनामध्ये दुईजना आइसियूमा उपचार गराइएको अस्पतालकी डाक्टर एञ्जला बस्नेतले बताइन् । उपचारमा संलग्न डाक्टरहरूका अनुसार झाडा पखाला, पेट दुख्ने, रिंगटा लाग्ने र बान्ता गर्ने जस्ता समस्या देखिएको थियो ।

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्लिनिक र केहीलाई काठमाडौंमा उपचारको लागि समेत लानुपरेको थियो । बिरामी भई उपचार गराई रहेकाहरुले आर्थिक अभाववका कारण औषधी उपचारमा समेत प्रभाव विकास मैनालीले बताए । बिरामीका कुरुवाहरुसँग समेत पैसा नभएको कारण उपचारमा समेत निकै कठिन भएको थियो ।

अस्पतालमा विरामीहरुको उपचार भए पनि बिल नतिरिकन रिपोर्ट नदिने भनेर अस्पताल प्रशासन दबाब दिएको थियो । बिरामी भएकोहरूको संख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रियाहरू थालनी गरेसँगै स्वास्थ्य विभाग लगायतका टोलीले घटनास्थलको अवलोकन गरेका थिए ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको टोली तथा प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृत नेतृत्वको टोलीले घटनास्थलमा पुगेर बिरामीहरूले खाएका खाना तथा पानीको नमूना संकलन गरी प्रयोगशालामा चेकजाँचको लागि पठाईएको थियो । सहकारीले आयोजना गरिएको तीज विशेष दर खाने कार्यक्रममा प्रमुख अतिथि भएर पुगेकी प्रदेश ३ की सांसद गोमा भूर्तेल बिरामी भएर अस्पतलाको बेडमा उपचार छट्पट्याइ रहेकी थिइन् ।– काभ्रे संवाददाता

सम्बन्धित समाचार

आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै
आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै
  • २०७५ आश्विन १, ०८: ०३

काठमाडौं । आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रमको आयोजनागरी आज विश्वभर मधुमेह दिवस मनाईँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा...

आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै
आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै
  • २०७५ आश्विन १, ०८: ०३

काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन...

नेपालका कम्युनिष्ट मिल्दा माओवाद बिसर्जन
नेपालका कम्युनिष्ट मिल्दा माओवाद बिसर्जन
  • २०७५ आश्विन १, ०८: ०३

काठमाडौं । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि युवापुस्तामा नेतृत्व हस्तान्तरणको दबाबमा रहेका माओवादी, एकीकृत समाजवादीसहितका वामपन्थी दलहरुबीच...