दर खाँदा प्रमुख अथितिनै सिकिस्त – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

दर खाँदा प्रमुख अथितिनै सिकिस्त

काभ्रेपलाञ्चोक । महिनौदेखि तिज मनाउँदै आएका महिलाहरुले अघिल्लो हप्ता काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा भएको तीजको दर खाने क्रममा फुड पोइजन भएर ३६८ जना बिरामी भएका थिए ।

तिजको अवसरमा रमाईलो गर्न भनी पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वाबम्वन बहुउद्देश्यीय सहकारी संस्थाले गएको शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथि भएर पुगेकी प्रदेश ३ की सांसद गोमा भूर्तेलसहित सयौं बिरामीहरु बेडमा उपचार छटपटाइ रहेको थिए । अस्पतालमा मात्र एक सय ३५ बिरामी भर्ना भएका थिए ।

बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ जनाको उपचार भएको अस्पतालका डाक्टर अनमोल श्रेष्ठले बताए । बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत ५६ जनामध्ये दुईजना आइसियूमा उपचार गराइएको अस्पतालकी डाक्टर एञ्जला बस्नेतले बताइन् । उपचारमा संलग्न डाक्टरहरूका अनुसार झाडा पखाला, पेट दुख्ने, रिंगटा लाग्ने र बान्ता गर्ने जस्ता समस्या देखिएको थियो ।

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्लिनिक र केहीलाई काठमाडौंमा उपचारको लागि समेत लानुपरेको थियो । बिरामी भई उपचार गराई रहेकाहरुले आर्थिक अभाववका कारण औषधी उपचारमा समेत प्रभाव विकास मैनालीले बताए । बिरामीका कुरुवाहरुसँग समेत पैसा नभएको कारण उपचारमा समेत निकै कठिन भएको थियो ।

अस्पतालमा विरामीहरुको उपचार भए पनि बिल नतिरिकन रिपोर्ट नदिने भनेर अस्पताल प्रशासन दबाब दिएको थियो । बिरामी भएकोहरूको संख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रियाहरू थालनी गरेसँगै स्वास्थ्य विभाग लगायतका टोलीले घटनास्थलको अवलोकन गरेका थिए ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको टोली तथा प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृत नेतृत्वको टोलीले घटनास्थलमा पुगेर बिरामीहरूले खाएका खाना तथा पानीको नमूना संकलन गरी प्रयोगशालामा चेकजाँचको लागि पठाईएको थियो । सहकारीले आयोजना गरिएको तीज विशेष दर खाने कार्यक्रममा प्रमुख अतिथि भएर पुगेकी प्रदेश ३ की सांसद गोमा भूर्तेल बिरामी भएर अस्पतलाको बेडमा उपचार छट्पट्याइ रहेकी थिइन् ।– काभ्रे संवाददाता

सम्बन्धित समाचार

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७५ आश्विन १, ०८: ०३

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०७५ आश्विन १, ०८: ०३

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७५ आश्विन १, ०८: ०३

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...