
यतिखेर नेपाली काँग्रेसको १४औं महाअधिवेशनको रन्को निकै बढ्दै गएको छ । प्रदेश स्तरीय अधिवेशन पनि अधिकांश स्थानहरुमा सम्पन्न भएका छन् । आज मंसिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुँदैछ ।
त्यसकारण काँग्रेसभित्र आन्तरिक प्रतिस्पर्धामा देखिएको रन्को र भावी नेतृत्वको लागि भएको होडवाजी चलीरहँदा विद्यार्थी आन्दोलनदेखि काँग्रेसको केन्द्रीय सदस्यसम्म हुँदै १४औं महाअधिवेशनमा उपसभापतिमा उम्मेद्वारी घोषणा गरेका बौद्धिक व्यतित्व डा. चन्द्र भण्डारीसँग महाअधिवेशनमा केन्द्रीत भएर हाम्रा विशेष संवाददाताले गरेको कुराकानीको सम्पादित अंशः
नेपाली काँग्रेसको १४औं महाअधिवेशनमा सबैभन्दा बढी सभापति पदको आकाँक्षी देखिनु भएको छ, नि किन ?
हामी अहिले नेपाली काँग्रेसको १४औं महाअधिवेशनमा पहिलाको भन्दा धेरै उम्मेद्वारी दिने भनिरहनु भएको छ । धेरै जनाले इच्छा अपेक्षा जगाउनु भएको छ भन्ने कुरा हामीले अनुमान गरेकै कुरा हो ।
तथापी रामचन्द्र पौडेलले आफुले नेतृत्व गरेको समुहमा कुराकानीहरु अगाडि बढाउनु भएको छ । मलाई लाग्छ उहाँले यसको निकास निकाल्नुहुन्छ र एक किसिमको सहमति बन्छ ।
तर महाअधिवेशन नजिकिदै गर्दा समाधानको खोजी किन भईरहेको छैन त, तपाईलाई के लाग्छ ?
अहिलेको अवस्थामा प्रकाशमानजी होस् वा शेरबहादुरजी होस् अथवा रामचन्द्रजीले नेतृत्व गरेको समुह अथवा अर्कोतिर सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुरजीले नेतृत्व गरेको समुह बनाउनुभएको उहाँहरुले र यता रामचन्द्रजीको समुह अहिलेको समय, अहिलेको आवश्यकता, अहिलेको चाहना र वर्तमान चुनौतिहरुलाई समाधान गर्नका निम्ति समयले नयाँ नेतृत्वको आवश्यकता महसुश गरेको हुनाले रामचन्द्रजीहरुले समाधान गरे गर्नुहुन्छ, त्यो उपयुक्त बाटो हो । समाधान गर्न सक्नुभएन भने हामीले नेपाली काँग्रेसको समय अनुसारको आवश्यकता अनुसारको चुनौतिको नेतृत्वको निर्माण गर्न हामी लागिरहेका छौं ।
त्यसोभए यदि रामचन्द्र पौडेलको समुहले साझा उम्मेद्वार दिन सक्नुभएन भने तपाईहरुले कसरी अगाडि बढ्नुहुन्छ त बताईदिनुस् ?
यो आजको कुरा होइन । हामीले आन्तरिक गृहकार्य गरेका छौं । यदि उहाँहरुले साmभा उम्मेद्वार दिन सक्नु भएन भने हामीले जिल्ला अधिवेशन पछि आफ्नो उम्मेद्वारी दिएर अगाडि बढ्छौं । अहिलेको समयले नयाँ पात्रको खोजीमा कार्यर्ता छन् । समयले नयाँ विचार खोजेको छ । समयले नयाँ कुराहरु खोज्दै अहिले हामीले नेपालका राजनीतिक पार्टीहरुको सुधार गर्नुपर्ने आवश्यकता छ ।
राजनीतिक पार्टीलाई सुधार ग¥यो भने नेपालको राजनीतिलाई सुधार गर्न सकिन्छ । नेपालको राजनीतिलाई सुधार ग¥यो भने नेपालको समाजमा देखिएका सम्पूर्ण विकृतिहरुको अन्त्य गर्न सकिन्छ । अन्त्य हुन्छ र मुलुक नयाँ दिशातिर जान्छ । हामीले वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई पनि के भनेका छौं भने तपाईहरुले जुन अहिलेसम्म मुलुकलाई यहाँसम्म ल्याउनुभयो, त्यो स्वागत योग्य छ ।
राम्रो छ, तथापी अबको समयमा तपाईको उमेरको कारणले पनि यो पार्टी नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने हाम्रो अनुरोध छ । हामीले कसैलाई दबाब दिने कुरा होइन । कसैलाई घोचपेच गर्ने कुरा होइन अथवा हामीले कसैलाई हराउने र जिताउने भन्ने कुरा होइन । हामीले एउटा निकास दिनुपर्ने कारण भएको हुनाले हामीले यो कुरा सभापति शेरबहादुर देउवासँग मात्रै गरेका छैनौं कि, सबैलाई हामीले यो कुरा गरेका छौं । प¥यो भने हामी निकास दिन्छौं । हाम्रो छुट्टै समुह र विचार अगाडि बढ्छ ।
त्यसोभए रामचन्द्र पौडेल, शंशाक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला चार जनामध्ये तपाईहरुको उम्मेद्वार को हो त ?
अहिले हामीले यस विषयमा केही कुरा भनेका छैनौं । जसले निकास दिने हो । जसले यस समयको निर्णय गर्छ त्यो कुनै व्यक्तिको पछाडि लागेर कुरा गर्दैन । एउटा आफ्नो विचार राख्छ र निकास निस्किएन भने आफ्ना दृष्टिकोण सहित अगाडि बढ्छ । रामचन्द्र पौडेल र शेरबहादुर देउवाबिच पनि कुरा होस् भन्ने हाम्रो चाहना हो ।
हामीले त्यो अनुसार पनि कुरा गरेका छौं । रामचन्द्र पौडेल र प्रकाशमान सिंहबिच पनि कुरा होस् भन्ने हाम्रो चाहना हो । हामीले मध्यमार्गी धारमा नेपाली काँग्रेस पार्टीलाई लैजान चाहन्छौं । मध्यममार्गी धारमा हामीले यो मुलुकलाई लैजान चाहन्छौं । भित्रको आन्तरिक द्वन्द्व होस् वा पार्टीबिचको द्वन्द्व होस् यसलाई न्यूनिकरण गर्ने हाम्रो काम हो ।
नेपाली काँग्रेस पार्टीको प्रभावशाली नेता महेश आचार्यले उपसभापतिको उम्मेद्वार हुँ भनेर भन्नुभएको छ र तपाईले पनि उपसभापतिमा उम्मेद्वारी दिने भन्नुभएको थियो नि होइन ?
हामीले हाम्रो समुहबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री दिने व्यवस्था यो कुरालाई हामी अगाडि बढाइरहेका छौं र हामीले यो कुरा गरिरहेका छौं । हामी व्यक्ति भएर बोल्न चाहीरहेका छैनौं । हामीले विचारको समुहगत नेतृत्व, चिन्तनको समुहगत नेतृत्व, राष्ट्र निर्माणको समुहगत नेतृत्व र अहिले पार्टीमा गम्भीर नेतृत्व विकास गर्नमा हामी समुहगत रुपले लैजाने भएको हुनाले जिल्ला अधिवेशन पछि हामीले यसको बारेमा निर्णय गर्छौ । म पनि स्वयम उपभासपति पदको दाबेदारी हो, तर हामीले समुहगत निर्णय गर्छौ ।
कुनैपनि अहिलेको समय परिस्थितिमा हामीले सभापतिको निर्णय गर्ने बेला हो । हामी त अहिले सभापति भएर रिटार्यड हुने बेला पनि हुनुपथ्र्यो । किनभने अहिलेको नयाँ पुस्तालाई नेतृत्व दिनको निम्ति तर कम्युनिष्ट पार्टीभित्रको द्वन्द्वले त्यो छिटा हाम्रो पार्टीमा पनि पर्छ र ठुलो दरार पैदा हुन्छ । त्यसकारणले हामीले १४औं महाधिवेशन एउटा सम्झौताको रुपमा लैजाऊ । १४औं महाअधिवेशनलाई हामीले नेतृत्वको रुपमा लैजाऊ भनेर यो धारमा हामी पुगेका हौं ।
हामीले नेपालजस्तो सानो मुलुकमा वडादेखि लिएर केन्द्रसम्म चुनाव गर्ने, भातृसंस्थाहरुको चुनाव गर्ने, सबै ठाउँतिर शुभेच्छुक संस्थातिर जहाँपनि चुनावले गर्दाखेरी आन्तरिक द्वन्द्व बढ्दो रहेछ । डेमोक्रेसीको नाममा धेरै ठुलो विकृति जन्मिने रहेछ । चुनाव मात्रै ठुलो कुरा होइन रहेछ । त्यसकारण यो द्वन्द्व व्यवस्थापन गर्नको लागि सेलेक्सन प्रणालीलाई हामीले फरक तरिकाले लैजानुपर्छ कि जस्तो देखिएको छ । सबै पार्टीभित्र तपाईले यो स्थिति देख्न सक्नुहुन्छ ।
चुनावैचुनावले मान्छेमा मनमुटाव पैदा गरेको मैले सबैभन्दा ठुलो अनुभव गरेको छु, त्यसकारण अब सेलेक्सन प्रणालीमा हामीले नयाँ तरिकाले नयाँ अनुभव अनुसार सोंच्नुपर्ने अवस्था मैले देखेको छु । तर पनि नेपली काँग्रेस पार्टीभित्रको अहिले प्रदेश अधिवेशन भइरहेको छ । अत्यन्त सौहार्दपूर्ण तरिकाले भइरहेको छ । केही ठाउँमा सत्ता प्राप्ति, सत्ताको महत्वकाँक्षा, पदको महत्वकाँक्षाले गर्दा निर्वाचन थुनिने जस्ता क्रियाकलाप पनि देखिएको छ । रौतहटजस्तो ठाउँमा कतै चुनाव हुने कतै प्रमाणपत्र बाड्दै गरेको पनि देखिएका छन् ।
सर्लाहीमा नेपाली काँग्रेस पार्टीको अधिवेशनमा निर्वाचन अधिकृत कुटिए नि तपाई के भन्नुहुन्छ ?
यो चुनावनै चुनावले निकालेको विकृति रहेछ । डेमोक्रेसीको महत्वपूर्ण मर्म चाहिँ चुनाव हो भन्यौ तर जहाँ पनि चुनाव जे मा पनि चुनाव भन्ने कुरा पनि रहेछ । यो त्यसैको परिणाम हो सर्लाहीमा, रसुवामा त्यसको परिणाम हो ।
अरु कुनै जिल्लाहरुमा पनि हुन सक्छ । यस्तो समस्या देखियो, पार्टीगत चुनावमा वा पार्टीपार्टीबिचको चुनावमा यस्तो द्वन्द्व देखियो । यसले एउटा विकृतिको रुप लिँदै छ ।
नेकपा एमालेले देशभरीनै प्रतिनिधिहरु निर्विरोध निर्वाचित गराउनको लागि सफलता प्राप्त ग¥यो र केपी शर्मा ओलीलाई पनि निर्विरोध अध्यक्ष बनाउने भन्ने कुरा आइरहँदा तपाईहरु केपी शर्मा ओलीको बाटोमा जान सक्नुहुन्न ?
तपाई निकै राम्रो प्रश्न उठाउनुभयो । त्यो पार्टीभित्र जसले द्वन्द्व गथ्र्यो, जसले विचार राख्थ्ये, जसकोबिचमा प्रतिस्पर्धा थियो, त्यो एकथरि माधव कुमार नेपालको समुह त सबै हटिसक्यो नि ।
एक्लै भएपछि निर्विरोध पनि हुने भयो । झगडा पनि हुने भएन र जस्तो पनि हुने भयो नि एक्लै भएपटिछ एकथरि समुहले पार्टी खोलेर हिँडेपछि सहज हुनेनै भयो । हाम्रो पार्टीमा सबै सहमति असहमति राखेर त्यसलाई निकास निकाल्ने भएको कारणले गर्दाखेरी द्वन्द्व वा विचारको विभेद त भइहाल्छ । यसलाई हामीले यसरी हेर्नुपर्छ ।
केपी शर्मा ओलीको तरिकाले पनि पार्टीहरु जिवन्त रहन सक्दैनन् । माधव कुमार नेपाल र केपी शर्मा ओलीसँगै भएर निर्विरोध भएको भए तपाईले सोधेको प्रश्न ठिक हुन्थ्यो ।
Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi Salam, mənim adım Elvin Həsənov, və bu yazıda Pin Up Casino-nu...
Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...
Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...