
जाजरकोट । जाजरकोटमा व्यवसायिक रुपमा मौरीपालन गरि मह उत्पादन गर्दै आएका किसानहरुको उत्पादन घटेको छ । मौरीलाई चरन क्षेत्रको, जथाभावि जनजंगलको फडानी, अतिक्रमण र जलवायु परिवर्तन लगाएतका कारण मह उत्पानमा ह्रास आएको किसानहरुको भनाइ रहेको छ ।
भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीका अनुसार गत असोज कात्तिकमा भएको वर्षाले चियरीलगायत अन्य फूलको रस बगाउँदा मह उत्पादनमा कमी आएको हो ।
गत वर्ष ३५० धानी मह बिक्रिबाट ४ लाख ५० हजार आम्दानी गरेका नलगाड नगरपालिका – १ कलपतका रामबहादुर बुढाले यस वर्ष ५० धानी पनि उत्पादन नभएको बताए । त्यस्तै सोही ठाउँका कालीबहादुर पुनले १० धानी पनि उत्पादन गर्न नसकेको बताए ।
व्यवसायिक रुपमा महको उत्पादन गर्दै आएका किसानहरु महको उत्पादनमा कमी आएपछि निराश बनेका छन् । जिल्लाभर लगभग ३५० भन्दा बढी किसानको समस्या उस्तै रहेको बताइएको छ ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...