पछाडि हट्ने कुरामा म तयार छैन्, म पछाडि हट्न सक्दिन पनि र चाहन्न – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पछाडि हट्ने कुरामा म तयार छैन्, म पछाडि हट्न सक्दिन पनि र चाहन्न

नेपाली काँग्रेसको १४औं महाअधिवेशन यही २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । यतिखेर शिर्ष नेतादेखि कनिष्ट नेतासम्म जिल्ला दौडाहमा छन् । पद हत्याउन यतिखेर नेता तथा कार्यकर्ताहरुबीच तानातानको स्थिति रहेको छ । सभापति पदमा दावी गर्ने आधा दर्जन शिर्ष नेताहरु रहेका छन् ।

आमनिर्वाचनमा आफ्नो क्षेत्रमा पराजित भएका रामचन्द्र पौडेल, विमलेन्द्र निधी तथा डा. शेखर कोइराला पनि सभापतिको दौडाहमा रहेका छन् भने आफ्नो क्षेत्रबाट आमनिर्वाचनमा जितेका नेताहरुमा वर्तमान सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शंशाक कोइराला तथा पूर्व महामन्त्री, उपसभापति एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि सभापतिको दौडमा रहेका छन् ।

यतिखेर अन्य सभापतिका उम्मेद्वारहरुले आफ्नो नीति तथा कार्यक्रम बाहिर लेराउन सकेका छ्रैनन् भने वर्तमान उपसभापतिले शुक्रबार पत्रकार सम्मेलन गरेर भावी नीति तथा योजना समेत सार्वजनिक गरेका छन् यिनै समसामयिक विषयमा केन्द्रीत रहेर हाम्रा विशेष संवाददाताले गरेको कुराकानीको सम्पादीत अशंः


नेपाली काँग्रेसको १४औं महाधिवेशनमा तपाईले सभापति पदको लागि उम्मेद्वारी दिँदै हुनुहुन्छ हो ?
नेपाली काँग्रेस पार्टीलाई आगामी निर्वाचनमा बहुमत प्राप्त गराउने, विजयी गराउने सबैभन्दा बढी आजको आवश्यकता हो र मेरो उद्देश्य पनि त्यही हो । त्यसकारणले म चाहन्छु आगामी निर्वाचनबाट देशमा एकलौटी सरकार बनोस् ।

त्यसको लागि म सभापतिको हैसियतबाट मतदाता, जनतासँग निवेदन गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु कि नेपाली काँग्रेसलाई त्यसैको लागि तयार गर्न चाहन्छु । देशमा नेपाली काँग्रेस पार्टीको सरकार जरुरी छ, आजको दिनमा आगामी निर्वाचनबाट संघीय लोकतान्त्रीक गणतन्त्रात्मक प्रणालीको सफल कार्यान्वयनका लागि र संविधान जुन हामीले देशमा पहिलो पटक आफ्नो संविधान आफैं बनाएका छौं ।

जनता सार्वभौमसत्ता सम्पन्न हुन भन्ने कुराको प्रमाण भनेको आफ्नो संविधान आफैंले बनाउनु हो । त्यो संविधानको सफल कार्यान्वयन गर्नको लागि नेपाली काँग्रेस अग्रसर हुनुपर्छ । त्यसकोलागि म सभापतिको उम्मेद्वार बनेको हो ।

तपाईले सभापतिको उम्मेद्वारी घोषणा गरिरहँदाखेरी आफ्नो अवधारणा पत्र पनि सार्वजनिक गर्नुभएको छ, के तपाईले नेपाली काँग्रेस पार्टीलाई सुधारेर लैजाने उपायको खोजी तपाईसँग छ ? नेपाली काँग्रेस लथालिङ्ग, भताभुङ्ग छ भन्छन् नि ?
छ, तपाईले भनेजस्तो धेरै लथालिङ्ग, भताभुङ्ग पनि छैन । अहिले पनि नेपालमा जति पनि राजनीतिक दलहरु छन् ति दलहरुको तुलनात्मक रुपमा हेर्ने हो भनेदेखि सबैभन्दा बढि संगठित जनस्तरसम्म पुगेको र ९ लाख क्रियाशिल सदस्यता यसैपाली हामीले सुचिबद्ध गरेका छौं । त्यसकारणले लथालिङ्ग र भताभुङ्ग त छैन तर थप क्रियाशिल बनाउनुपर्ने, व्यवस्थित गर्नुपर्ने र संगठित गराउनुपर्ने जरुरी छ । त्यो चाही म गर्छु ।


शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुको व्यवस्थापन कसरी गर्ने सोंच बनाउनु भएको छ ? तपाईहरुले भनिरहनु भएको छ के अब उहाँहरु अभिभावक भएर बस्न मान्लान् त ?
नेपालमा लोकतान्त्रिक आन्दोलनको लागि लोकतान्त्रिक व्यवस्थाको पुनःस्थापनाको लागि जनताको हितमा, देशको हितमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र अरु साथीहरुले धेरै योगदान पु¥याउनु भएको छ । उहाँहरुको त्यो कामको हामी सबैले, जनताले उच्च मूल्यांकन गरिरहनुभएकै छ र गर्नुपनि पर्छ ।

विषय त्यो होइन विषय यो हो कि आम निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनु छ । उहाँहरुले अहिलेसम्म जे गर्नुभयो, त्यसको लागि धेरै उहाँहरुको लागि आभार प्रकट गर्दै भावी दिनहरुमा पनि नेपाली काँग्रेस पार्टीले उहाँहरुबाट मार्गदर्शन प्राप्त गर्नेछ भन्ने कुरा सुनिश्चित गर्दै नेपाली काँग्रेस पार्टीमा अब रुपान्तरण पुस्तान्तरण हस्तान्तरणको जरुरी छ ।

त्यसकारणले मैले सभापतिमा उम्मेद्वारी दिएको हो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरुको भूमिकाको लागि केही संकट छ र ? समस्या छ र ? नेपाली काँग्रेसको संगठन संरचनामा पनि उहाँहरुको भूमिका हुन्छ । राज्यको संरचनामा पनि उहाँहरुको भूमिका हुन्छ ।

तर उहाँहरुले फेरि पनि एकपटक सभापति बन्न चाहन्छौं भनेर भन्नुभएको छ नि, तपाई के भन्नुहुन्छ ?
म आदरपूर्वक भन्न चाहन्छु कि कसैले भन्नुहुन्छ म अन्तिम एक पटक सभापति बन्न चाहन्छु । कसैले भन्नुहुन्छ म आजसम्म सभापति बनेको छैन, त्यसकारणले म सभापति बन्न चाहन्छु । मेरो भनाई मेरो उद्देश्य बेग्लै छ । म के भन्छु भने आगामी निर्वाचनमा नेपाली काँग्रेस पार्टीलाई जिताउनको लागि म सभापति बन्न चाहन्छु ।

आगामी निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जुन हामीले बनाएका छौं, त्यसको सफल कार्यान्वयन पनि नेपाली काँग्रेसनै गर्नसक्छ, त्यसको लागि म सभापति बन्न चाहन्छु । अहिले जुन प्रणाली हामीले ल्याएका छौं ।

त्यो प्रणालीको सफल कार्यान्वयन कम्युनिष्टहरुले गर्न सक्दैन् र गरेको पनि छैनन् । हामीले साँढे तिन वर्षको अनुभवबाट देखिसकेका छौं । राज्यका सबै अंगहरु क्षतविक्षत छन् । संविधानलाई ट्रयाकभन्दा बाहिर लगिएको छ र यो ट्रयाकभन्दा बाहिर कम्युनिष्टहरुले लगेका छन् ।

नेपाली काँग्रेस पार्टी सत्तामा, सरकारमा नआएको कारणले विगतको निर्वाचनमा नेपाली काँग्रेस पार्टीले बहुमत प्राप्त गर्न नसकेको कारणले यो दुर्दशा हामीले भोगिरहेका छौं । मेरो उद्देश्य भनेको अन्तिम पटक या मलाई एकपटक सभापति बन्न मन छ, त्यो होइन ।

मेरो उद्देश्य के हो भने राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, विशेष निर्वाचन प्रणाली, धर्म निरपेक्षता, अहिंसा र शान्ति यो ९ वटा सुत्रको आधारमा संविधान बनाएका छौं । आजको दिनमा यसको सफल कार्यान्वयनको जरुरी छ ।

म त्यसको सफल कार्यान्वयनको लागि सभापति बन्न चाहन्छु । मलाई एकपटक बनाइदेऊ, मलाई अन्तिम पटक बनाइदेऊ भन्नको लागि होइन । अहिले नेपाली काँग्रेसमा पनि नयाँ पुस्ताको संख्या अत्यन्त ठुलो छ । नेपाली काँग्रेसमा पुस्ताको जाम लागेको छ । म के चाहन्छु भने अब नेपाली काँग्रेस पार्टीमा युवापुस्ता आओस्, सहभागी बनोस् ।

ब्याकबेन्चरको रुपमा मात्रै सहभागी बन्ने होइन । फलोवरको रुपमा मात्रै सहभागी बन्ने होइन । नेतृत्वमा पनि युवापुस्ता पुगोस् भन्ने चाहन्छु । नेतृत्वको विकासको लागि म एउटा सहजकर्ता सभापतिको रुपमा आफुलाई प्रस्तुत गर्न चाहन्छु । मसँग एजेण्डा छ, मसँग नीति छ, कार्यक्रम छ, त्यसकारणले म सभापति बन्न चाहन्छु ।

तपाईले लामो समयदेखि शेरबहादुर देउवासँग सहकार्य गरेर आउनुभएको हो तर यसपटक तपाईले शेरबहादुर देउवालाई सहयोग नगरिकन उहाँकै विरुद्धमा उम्मेद्वारी दिनुभयो नि किन ?
यो कसैको विरुद्धमा मेरो उम्मेद्वारी होइन । कसैको सहयोग नगरेको होइन । यो क्रम त जारीनै रहन्छ । निरन्तरता जारी रहन्छ । सँगसँगै रहेर पनि यो निरन्तरता जारीनै रहन्छ । एउटाकुरा के भने उहाँहरुले जति गर्नुपर्ने थियो गर्नुभयो । उहाँहरुले पार्टी र देशलाई जति योगदान दिनुपर्ने हो त्यो दिनुभएको छ । त्यसको सम्मान गर्दछु ।

अब बेला आएको छ, हामीले उहाँहरुले गरेको कामलाई अझै अगाडि बढाउने, उहाँहरुले गर्न बाँकी रहेको कामलाई अझै अगाडि बढाउने हो । घरपरिवारमा के हुन्छ ? हजुरबुबा, बुबाले गरेको कामलाई छोरानातिले अगाडि बढाउँछ ।

त्यसलाई धोका दिएको अथवा सहयोग नगरेको भनेर हुँदैन । म चाही त्यो रुपमा पार्टीको निरन्तर क्रियाशिलता, गतिशिलताको सिद्धान्त जुन हो, राजनीतिमा र पार्टीमा त्यो सिद्धान्तको आधारमा म स्वभाविक रुपमा उम्मेद्वार छु । अर्को शेरबहादुर देउवासँग जुन मेरो कुरा हो ।

धेरै पहिलादेखि उहाँलाई यो कुरा थाहा थियो । मैले उहाँलाई भनिरहेको थिए । अचानक मैले गरेको होइन । धोका दिन गरेको होइन । एका बिहानै म सभापतिको उम्मेद्वार भएको होइन ।

१३औं महाधिवेशनमा उहाँलाई मैले प्रस्ट रुपमा भनेको थिए कि म १४औं महाधिवेशनमा म सभापतिको उम्मेद्वार हुन्छु, तपाईले मलाई सहयोग गर्नुपर्छ भनेर मैले भन्दा उहाँले हुन्छ पनि भन्नुभएको थियो । यो कुरा उहाँलाई आजभन्दा डेढ वर्ष अगाडि उहाँको घरमा गएर भनेर आएको हो ।

त्यसकारणले उहाँलाई धोका दिएको पनि होइन र उहाँको विरोधी पनि होइन । म अझैपनि चाहन्छु शेरबहादुर देउवा र रामचन्द्र पौडेलीहरु नउठ्दिएर मलाई समर्थन गर्नुहोस् । कृष्ण प्रसाद सिटौला नउठ्दिएर मलाई समर्थन गर्नुहोस् भन्ने म चाहन्छु । आफ्नै समकालीन साथीहरुलाई प्रकाशमान सिंह, शंशाक कोइराला, शेखर कोइराला उहाँहरुसँग मैले कुरा गरेको छु ।

उसोभए तपाई डा. शंशाक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंहकोबीचमा गठबन्धन गरेर साझा उम्मेद्वार तय गर्ने प्रयास किन गर्नुभएन त ?
मैले कोशिस गरिरहेको छु । चुनावी तालमेल मात्रै होइन । सहकार्य होस् अझै राम्ररी जाऊ, समूह बनाऊ भनेर कोशिस गरिरहेको छु हेरौं के हुन्छ ? दुईवटा कुरा छ । एउटा कुरा के छ भनेदेखी साझा धारणा र सहकार्यको परिभाषामा खाली पदको बाँडफाँड मात्रै हुँदैन ।

डेमोक्रेसी भनेको पावर शेयर हो । त्यसलैकारणले निर्वाचन प्रणाली स्थापित भएको छ । आन्तरिक शक्ति बाँडफाँड, राज्यको शक्ति बाँडफाँड, राजनीत शक्ति बाँडफाँडको बारेमा पनि हामीरुको बिचमा समझदारी हुन सक्दछ । नीति तथा कार्यक्रमको बारेमा पनि समझदारी हुन सक्छ ।

त्यसकारणले यी दुईवटै कुराको बारेमा समझदारी गर्न सकियो भने सबैभन्दा राम्रो र समझदारी भएन भने कमसेकम नेपाली काँग्रेस पार्टीमा नेपाली काँग्रेसको नीति, कार्यक्रम र दृष्टिकोण के हो भनेर त्यसको बारेमा पनि हामीहरुको बिचमा सहकार्य भयो र समान धारणा बन्यो भने त्योनै सर्वोत्तम बाटो हो ।

तपाईले उम्मेद्वारी, घोषणा गरीसक्नुभएको छ, अब शेरबहादुर देउवासँग सम्झौता गरेर तपाई पछाडि हट्ने सम्भावना छ कि छैन ?
सम्झौता गर्नु र पछाडी हटेको दुई अलग अलग कुरा हो । सम्झौता हुन सक्छ । अहिले पनि म चाहिरहेको छु कि शेरबहादुर देउवाजीले मलाई सहयोग समर्थन गर्नुहोस् भनेर सम्झौताको लागि म तयार छु । पछाडि हट्ने कुरामा म तयार छैन् । म पछाडि हट्न सक्दिन पनि र चाहन्न पनि । मैले सभापतिको उम्मेद्वारी दिइसकेको छु ।

सम्बन्धित समाचार

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi
  • २०७८ मंसिर १३, १५: ५६

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi Salam, mənim adım Elvin Həsənov, və bu yazıda Pin Up Casino-nu...

What live casino games does Gransino offer?
  • २०७८ मंसिर १३, १५: ५६

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

What should a beginner know before a first deposit at BetBlast?
  • २०७८ मंसिर १३, १५: ५६

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...