
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत देशका सात वटै प्रदेशमा आज उम्मेदवारी दर्ताको क्रम जारी छ । सबै प्रदेशमा पार्टीका तीन गुट सहित उपगुटका नेताहरू कतै एक्ला एक्लै त कतै गठबन्धन गरेर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्।
राजधानी काठमाडौं समेत रहेको बागमती प्रदेशमा भने संस्थापन पक्षबाट पार्टीको बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ, पार्टीका नुवाकोट पूर्वजिल्ला सभापति जगदीश्वर नरसिंह केसी र पूर्वरक्षा मन्त्री भिमसेनदास प्रधान प्यानलसहित मैदानमा उत्रिएका छन् ।

बागमति प्रदेशको राजधानी हेटौंडामा सभापतिका आकांक्षीहरुले चुनाव प्रचार प्रसारको अभियानलाई तिव्रता दिएका छन् । पार्टी संसदीय दलका नेता बानियाँको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौ) , महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्र थिङ (नुवाकोट) र निरु खड्का (ललितपुर) उम्मेद्वार भएका छन् ।
अन्य ८३ जना सदस्य रहने यो प्रदेश समिति कुल ९१ सदस्यीय हुनेछ । अधिवेशनमा रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । प्रधानले भने अझै प्यानल घोषणा गरेका छैनन् ।

केसीको प्यानलबाट उपाध्यक्षमा मोहनबहादुर बस्नेत (नागार्जुन नगरपालिका) र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कञ्चनचन्द्र बादे श्रेष्ठ (काभ्रे) र माईकल रामचन्द्र अर्याल (मकवानपुर), सहमहामन्त्रीमा ऋषिराम घिमिरे (ललितपुर), जीवन डंगोल(काठमाडौं) र बीरबहादुर लामा रहेका छन् ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...