खानेपानीको अभाव र ढल निकासको समस्या समाधान गर्न मन्त्रीकाे निर्देशन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

खानेपानीको अभाव र ढल निकासको समस्या समाधान गर्न मन्त्रीकाे निर्देशन


बीरगञ्ज । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराई मधेशका जिल्लामा देखिएको खानेपानीको समस्या समाधान गर्नको लागि मन्त्रालय मातहतका संघीय कार्यालयका प्रमुख र नेपाल खानेपानी संस्थानका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।

२ नम्वर प्रदेशको बीरगञ्जस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय र नेपाल खानेपानी संस्थान बीरगञ्ज कार्यालयको निरिक्षणपछि कार्यालय प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन् । शुक्रबार बीरगञ्ज पुगेका मन्त्री चौधरीले तराई मधेशमा वितरण हुने पानी पिउनयोग्य नभएको, आर्सेनिक मिसावट भएको र वितरण प्रणाली सरल नभएको तर्फ ध्यानाकर्षण गराएका थिए ।

सरकारले विनियोजन गरेको बजेटलाई अधिकतम उपयोग गर्दै योजनामा परेका खानेपानी आयोजनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने तर्फ ध्यान दिन मन्त्री चौधरीले निर्देशन दिएका थिए । सो अवसरमा कार्यालय प्रमुखहरुले पर्याप्त दक्ष जनशक्ति र पर्याप्त बजेटको अभावमा खानेपानीका आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको तर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


तराई मधेशमा देखिएको खानेपानी आयोजना र वितरण प्रणालीको समस्याको बारेमा जानकारी लिनका लागि स्थलगत भ्रमणमा रहेका मन्त्री चौधरीले बुधबार बारा जिल्लाका विभिन्न खानेपानी आयोजनाको बारेमा जानकारी लिएका थिए। मन्त्री चौधरी शुक्रबार नै दुई नम्वर प्रदेशको राजधानी जनकपुरस्थित मन्त्रालय मातहतका कार्यालय प्रमुखसँग छलफल गरी विभिन्न आयोजनाको स्थलगत अध्ययनको लागि जनकपुर गएका छन्।


मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिने क्रममा मन्त्री चौधरीले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई नसिहत दिने नीति मन्त्रालयले लिएको बताए।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ मंसिर १७, १८: १४

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ मंसिर १७, १८: १४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ मंसिर १७, १८: १४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...