
नयाँ विकल्प,
काठमाडौ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज सोमवार वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको बताएको हुन् ।
यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वका शक्ति राष्ट्रहरूबीच नयाँ समीकरण बनेको र यसमा भारत–रुसको सम्बन्ध बलियो भएको बताएका छन् ।
भारत भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा भारत एक महान् शक्ति र परिचित मित्र भएको भन्दै बदलिँदो विश्व समीकरणमा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने बताएको बीबीसी हिन्दीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...