
काठमाडौं ।
नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि संस्थापनइतर पौडेल पक्षबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
संस्थापनइत्तर पक्षका नेताहरुबीच विहीबार बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको छलफलमा सभापतिका आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाबीच भएको छलफल कुनै निष्कर्षमा पुग्न नसकेको हो ।
संस्थापनइत्तर पौडेल पक्षबाट सभापतिका आकांक्षी रहेका नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले प्रतिष्पर्धाको दौडबाट पछि हटेपछि डा. शेखर र सिंहबीच अन्तिम छलफल भएको थियो ।
आफ्नो नाममा सहमति नभएपछि नेता पौडेलले एकल उम्मेदवार खडा गर्न आकांक्षीहरु सिंह र डा. शेखरबीच सहमति भएमा आफू प्रतिष्पर्धाबाट अलग हुने बताएका थिए । तर, सिंह र डा. शेखरबीच सहमति हुन नसकेपछि संस्थापनइत्तर पक्षबाट एकल उम्मेदवारको प्रयास विफल भएको हो ।
पार्टीका पूर्वउपसभापति तथा पूर्वमहामन्त्री सिंहले आफू डा. शेखरभन्दा बरिष्ठ भएको भन्दै नेतृत्वमा आफूलाई समर्थन गरे डा. शेखरलाई उपसभापतिमा मिलेर उम्मेदवार उठाउने र नेता पौडेललाई ‘पावर शेयरिङ’ गर्न तयार रहेको प्रस्ताव गरेका थिए ।
नेता सिंहको प्रस्तावलाई डा. शेखरले ठाडै चुनौति दिँदै आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने अडान लिएपछि सिंहले चित्त दुखाएका थिए । शेखरको अड्डीपछि लौहपुरुष गणेशमान सिंहका पुत्र प्रकाशमानले आफूभन्दा सिनियरलाई सम्मान गर्ने संस्कार बिपरित आफूलाई सभापतिमा डा. शेखरले अश्विकार गरेकोमा भावुक हुँदै बैठकबाट बाहिरिएका थिए।
संस्थापन पक्षका देउवाले आफुलाई सभापतिमा एकल उम्मेदवारी घोषणा गरिसकेका बेला पदाधिकारी पदमा भने देउवा पक्षमा पनि सहमत हुन सकेको छैन । उपसभापतिदेखि सह–महामन्त्रीसम्म दर्जनौं आकांक्षी देखिएपछि पदाधिकारी पदमा व्यवस्थापन गर्न देउवालाई धौ–धौ परिरहेको छ ।
सिटौला पक्षले पनि हालसम्म सभापतिदेखि केन्द्रीय सदस्यसम्म को को उम्मेदवार हुने भनेर घोषणा गरेको छैन । सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधीले समेत अन्य पदाधिकारी एवम् सदस्यका उम्मेदवारको नाम सार्वजनिक गर्न सकेका छैनन् ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...