काठमाडौं । स्याङ्जामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र कम्युनिष्ट शासनमध्ये कुनै एक रोज्ने अधिकार जनताको हातमा रहेको बताए ।
‘‘प्रजातन्त्र ल्याएर जनतालाई मालिक बनाउने कांग्रेस रोज्ने कि कम्युनिष्ट दमनको शासनमा अधिकारविहीन हुने ’’ ‘‘आउन लागेको चुनावबाट निर्णय गर्ने पालो जनताको हातमा छ ।’’ प्रधानमन्त्री देउवाले कम्युनिष्ट लशासन आए बोल्न–लेख्न नपाइने र आफुमाथि अन्याय हुँदा पनि अन्याय भयो भनेर समेत भन्न नपाइने दोहो¥याए ।
कांग्रेसले मुलुकमा बहुदलीय लोकतन्त्र स्थापना गरेको पार्टी जिकिर गर्दै कम्युनिष्ट गठबन्धनले राष्ट्रिपतीय पद्धति स्थापना गरेर जनताका अधिकार खोस्दै एक दलीय कम्युनिष्ट शासन लाद्न चाहेको दावी गरे । डर–त्रास र आतंकमा पिल्सिने शासन नरोज्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन सवै लोकतन्त्र पक्षधर एक हुनु पर्नेमा जोड दिए । २००७ सालमा तानाशाही राणा शासन हटाएको, पञ्चायती व्यवस्था फालेर प्रतातन्त्र पुनः फर्काएको स्मरण गर्दै तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि कांग्रेसकै नेतृत्वमा सुरु भएको आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना भएको बताए ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...