काठमाडौं । स्याङ्जामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र कम्युनिष्ट शासनमध्ये कुनै एक रोज्ने अधिकार जनताको हातमा रहेको बताए ।
‘‘प्रजातन्त्र ल्याएर जनतालाई मालिक बनाउने कांग्रेस रोज्ने कि कम्युनिष्ट दमनको शासनमा अधिकारविहीन हुने ’’ ‘‘आउन लागेको चुनावबाट निर्णय गर्ने पालो जनताको हातमा छ ।’’ प्रधानमन्त्री देउवाले कम्युनिष्ट लशासन आए बोल्न–लेख्न नपाइने र आफुमाथि अन्याय हुँदा पनि अन्याय भयो भनेर समेत भन्न नपाइने दोहो¥याए ।
कांग्रेसले मुलुकमा बहुदलीय लोकतन्त्र स्थापना गरेको पार्टी जिकिर गर्दै कम्युनिष्ट गठबन्धनले राष्ट्रिपतीय पद्धति स्थापना गरेर जनताका अधिकार खोस्दै एक दलीय कम्युनिष्ट शासन लाद्न चाहेको दावी गरे । डर–त्रास र आतंकमा पिल्सिने शासन नरोज्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन सवै लोकतन्त्र पक्षधर एक हुनु पर्नेमा जोड दिए । २००७ सालमा तानाशाही राणा शासन हटाएको, पञ्चायती व्यवस्था फालेर प्रतातन्त्र पुनः फर्काएको स्मरण गर्दै तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि कांग्रेसकै नेतृत्वमा सुरु भएको आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना भएको बताए ।
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...