कम्युनिष्टलाई विदेशीले पत्याउँदैनन्ः प्रधानमन्त्री देउवा – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

कम्युनिष्टलाई विदेशीले पत्याउँदैनन्ः प्रधानमन्त्री देउवा

पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन् । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उनले त्यस्तो बेला कसरी समृद्धि आउँछ भनेर प्रश्न गरेका छन् ।

विदेशीले कांग्रेसलाई मात्र पत्याउने र कांग्रेसले मात्र समृसद्ध र विकास ल्याउने सक्ने उनको दाबी छ । कांग्रेस सभापति देउवाले देश कम्युनिष्ट शासनमा जाने कि लोकतन्त्रमा भन्ने गम्भीर मोडमा उभिएको बताए ।

रद्धिको टोकरीमा फालेको साम्यवाद नेपालमा ल्याइदै छः पौडेल

 

बरिष्ठ नेता रामचन्द्र पौडेलले दुनियाले रद्धिको टोकरीमा फालिसकेको साम्यवाद क्युनिष्टहरुले नेपालमा ल्याउन लागेको टिप्पणी गरेका छन् ।

चुनावी सभामा नेता पौडेलले कम्युनिष्टले विदेशमा फेल भइसकेको साम्यवाद नेपालमा लाद्न खोजेको आरोप लगाउँदै प्रश्न गरे, ’दुनियाले रद्धिको टोकरीमा फालेको साम्यवाद नेपालमा परीक्षणका लागि ल्याउन खोज्दैछन्, के नेपाल कन्टेनर हो र जे कुरापनि परीक्षण गर्न नेपाल ल्याउने ।’

बरिष्ठ नेता पौडेलले बाम गठबन्धन राष्ट्र, लोकतन्त्र र जनता कसैको पनि पक्षमा नभएको जिकिर गरे । उनले कम्युनिष्टले जिते सबैभन्दा पहिले समाबेशीताको समेत अन्त्य गर्न खोजेको आरोप लगाएका छन् । पौडेलले कम्युनिष्टले भनेजस्तो राष्ट्रपतीय शासन लागू भए देश निरंकुशतातर्फ जाने र त्यो एक्लो डिक्टेटरसीप अन्तैबाट चल्ने दावी समेत गरे ।

सम्बन्धित समाचार

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७४ मंसिर १३, ११: २८

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७४ मंसिर १३, ११: २८

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०७४ मंसिर १३, ११: २८

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...