
नयाँ विकल्प,
काठमाडौं – अभिनेत्री निशा अधिकारी फिल्म ‘म’ बाट उनी ४ वर्षपछि फिल्म सेटमा फर्किएकी छन्। निशाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफू फिल्म सेटमा फर्किएको जानकारी गराएकी छन् ।
फिल्म आफ्नो पहिलो प्रेम र जोस भएको बताउँदै उनले यो बिना जीवन बिताउन धेरै गाह्रो भएको समेत उल्लेख गरेकी छन् । उनले अगाडि लेखेकी छन् ‘पुरा चार वर्षमा हामी फेरि भेट्यौ ।’ उनले आफू ‘म’ फिल्म सेटमा रहेको समेत जनाएकी छन् ।
पछिल्लो समय ‘पोखराकी काली’ अभिनय गरेकी निशा आमा बनेपछि फिल्मबाट टाढा रहेकी थिइन् । ‘फिल्म अभिनयसँगै निर्माणको कामलाई पनि अगाडि बढाउनेछु’ उनले भनेकी थिइन् ‘जिन्दगीको नयाँ यात्रामा थिए । साढे तीन वर्ष छोरा हुर्काउनमै व्यस्त भए । यो पल निक्कै रमाइलो हुने रहेछ ।’
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...