सानुबाबु सिलवाल
अमेरिकामा बस्ने नेपाली दाजुभाइ दिदिबहिनिहरु आफुसँग भएको सिड मनि डलर सदुपयोग गरि आफ्नै ब्यबसाय गरौ भन्ने सोच त राख्नुहुन्छ तर ब्यबसाय गर्दा कसरी गर्ने, यसका कानुनी आधार, उत्तरदायित्व, जिम्मेवारि र फाइदाहरु के के छन् ? कस्तो खालको कम्पनी खोल्ने, कस्तो खालको कम्पनी खोल्दा फाइदा, बेफाइदा वा नाफा वा घाटा हुन जान्छ? कम्पनीकसरी खोल्न ? कम्पनीका प्रकारहरु के के छन् ?
आफुले सोचेको र जानेको ब्यबसायका लागि कुन कम्पनी खोल्दा उपयुक्त र उत्तम हुन जान्छ ? त्यो कम्पनीका प्रकारमध्ये कुन चाहि लाभाकारी हुन जानेछ कालान्तरसम्म ? ब्यबसाय गर्दा खोलिने कम्पनी चलाइरहदा, बेचबिखन गर्दा वा छोड्दा वा मुनाफा राम्रै हुदा वा घाटामा जादा कुन खाले कम्पनी लाभकारी हुन जानेछ ? भन्ने जानकारी वा आइडिया धेरैलाई नहुन सक्दछ र ब्यबसाय सञ्चालन गरिरहने ब्यक्ति, परिवार वा समुहलाई यस्ता कम्पनीका प्रकार, फाइदा एबम जिम्मेवारी एबम् उत्तरदायित्वका बारेमा धेरै अनबिज्ञ रहेको पाएको छु मैले ।
यहि यथार्थतालाई ध्यानमा राख्दै जानकारी नभएका, जानकारी लिन चाहने वा पुर्ण जानकारी नभएका सबैका निमित्त अमेरिकामा ब्यबसाय गर्नु पुर्ब खोलिने कम्पनिका प्रकार र यसका फाइदा एबम बेफाइदालाई सामान्य ढङ्गले य्स लेखमा उतारिदिएको छु । बिश्वास छ कि यसबाट अमेरिकामा बस्ने वा भविष्यमा अमेरिका आइ ब्यबसाय गर्ने योजनामा रहेका सबैका निमित्त यस लेखले केहि हदसम्म भएपनि सहयोग गर्नेछ ।
कम्पनीखोल्दा प्राय तपाइ कर्पोरेशन, इन कर्पोरेटेड अर्थात इङ्क खोल्ने वा एल एल सि अर्थात लिमिटेड लायाबिलिटी कम्पनी खोल्ने यो एउटा गहन प्रश्न र कौतुहलता हुन्छ । इनकर्पोरेटेड इङ्क अन्तर्गत सि कर्पोरेशन वा एस कर्पोरेसन कुन खोल्ने ? कुन चाहि लाभकारि हुन जान्छ त कालान्तरमा वा ब्यबसाय सन्चालनको प्रक्रियामा? वा एल एल सि खोल्दा के हुन्छ त ? यसको बारेमा र यसका बिबिध प्रोज एन्ड कोन अर्थात फाइदा एबम बेफाइदा यस प्रकार रहेको छ ।
१) कर्पोरेसन–कर्पोरेसनका दुइ प्रकार छन् । एक सि कर्पोरेशन र अर्को एस कर्पोरेसन । अमेरिकामा अधिकाश ब्यबसायि र ब्यबसाय गर्ने समुदायहरुको अधिकतम छनौटको कम्पनीअन्तर्गत पर्दछ कर्पोरेशन इनकर्पोरेटेड अर्थात इङ्क ।
यसभित्र पनि फाइदा, शेयरहोल्डरको अधिकार, दायरा, सिमितता र जिम्मेवारिमा भारि फरक र भिन्नता छ । कर्पोरेशनमा प्रक्रिया, जिम्मेवारी एबम दुरुस्त राख्न अलि झञ्झटिलो र बढि कागजात बनाउनु पर्ने, अध्याबधिक राख्नुपर्ने र अपेडेटको खाचो र जरुरी भएता पनि यसमा कर छुट, शेयरहोल्डरका अधिकार, नाफा घाटामा कर एबम लायाबिलिटिमा छुट र कमाएको आम्दानीमा अधिकार र सम्पतिमा सुरक्षण एबम यसको उधोगति र अप्ठेरामा ब्याक्तिगत सम्पतिमा असर नपर्ने थुप्रै फाइदाहरु छन् । एस कर्पोरेशन र सि कर्पोरेशन गरि यसलाइ बिभक्त गरिएको छ र यसका फाइदा एबम घाटाहरु पनि फरक छन ।
क) एस कर्पोरेशन– यस अन्तर्गत दर्ता गरिएका इङ्क इन कर्पोरेटेडमा आम्दानिमा दोहोरो कर नलाग्ने हुन्छ । जसबाट कम्पनिको कर दाखिला गर्दा यसको मुनाफा शेयरहोल्डरमा बाडफाड पछि ब्याक्तिगत कर दाखिलामा यसको मुनाफामा कर तिर्नु पर्ने भए पनि यस अन्तर्गत कर्पोरेट कर तिर्नु नपर्दा एक खाले करबाट बच्न सकिन्छ ।
यस अन्तर्गत लगानिको अबसर बढाउन सकिन्छ भने बर्षमा एक पटक कर दाखिला गरे पुग्दछ यस अन्तर्गत । यस अन्तर्गत मालिकले कर्पोरेट कर तिर्नु पर्दैन । यस अन्तर्गत १०० शेयरहोल्डर भन्दा माथि जान पाउदैन । यहि सिमिततामा बस्नु पर्ने हुन्छ । यसको अर्को कानुनि बन्धन भनेको शेयरहोल्डरहरु अमेरिकन नागरिक, ग्रिन कार्ड होल्डर र रेसिडेन्ड एलियन्स हुनु आबश्यक छ । तर, कम्पनीदर्ता गर्दा एस वा सि कर्पोरेशन भनेर छुट्याउन बाध्यता छैन । कम्पनीदर्ता गरेको र ब्यबसाय सन्चालन गरेको ७५ दिनपछि आइ आर एसमा कुन चाहि हो भनेर उल्लेख गर्नु जरुरी हुन्छ ।
ख) सि कर्पोरेशन इङ्क– यो सबै भन्दा उत्तम प्रकार हो कम्पनी सञ्चालन र ब्यबसाय सन्चालनका लागि । यसमा शेयरहोल्डरको दायरा नहुने हुदा जति पनि शेयरहोल्डर थप गरि पुँजी बढाउन र बिस्तार गर्न सकिन्छ यस अन्तर्गत । तर, समस्या चाहि के हो भने यसमा दोहोरो कर तिर्नुपर्ने हुन्छ ।
एक कर्पोरेसन आम्दानि कर र शेयरहोल्डरलाई मुनाफा बाडचुड पश्चात शेयरहोल्डरले आफ्नो ब्याक्तिगत कर दाखिलामा मुनाफाको अर्को कर तिर्नुपर्ने हुन्छ । भबिश्यमा बित्तिय कारोबार, लेन्डर बिश्वास र क्रेडीबिलिटिमा यसले ठुलो राहत र सहयोगि चाहि हुन्छ है । यस अन्तर्गत ब्यबसायि वा कम्पनीमालिक अमेरिकन नागरिक हुनुपर्ने वा ग्रिन कार्ड वा रेसिडेन्ट एलियन्स हुनुपर्ने बाध्यता चाहि छैन ।
ब्यबसाय गर्न चाहने जो कोहिका लागि पनि यसबाट फाइदा लिनेछन । यस अन्तर्गत कम्पनिको नाफा घाटा लायाबिलिटी हरेक बर्ष कम्पनीमालिक सर्दैन तर एस कर्पोरेसनमा चाहि जानेछ ।
यसको अलावा कर्पोरेशनमा ब्याक्तिगत सम्पति सुरक्षित र सुरक्षित हुनेछ । जस्तै यस अन्तर्गतको ब्यबसाय घाटामा गयो, कुनै पार्टी वा उपभोक्ता वा सरकारि निकायले वा कुनै भेन्डरले सुरु ग¥यो भने वा कम्पनी ब्याङ्ककरप्सिमा गएमा आफुसँग भएको घर, गाडि वा ब्यक्तिगत बैङ्कखाता वा पोपर्टिमा असर गर्दैन वा ब्यक्तिगत खल्ति वा सम्पति लायाबल हुदैन । यो राम्रो पक्ष हो । त्यसैगरि कर सहजता एबम छुट, आफ्नो क्रेडीबिलिटिमा बिकास एबम बिस्वास बढ्न सक्ने, आफ्नो ब्रान्ड एबम उत्पादन सरक्षित हुने छ इनकर्पोरेडेट इङ्कमा ।
कम्पनी लायाबिलिटी र बोझ ब्यक्तिगत सम्पति एबम् उत्तरदायित्वमा ट्रान्सफर वा एक अर्कामा लायाबल नहुने हुदा इङ्क उत्तम हुनेछ कम्पनीएबम ब्यबसाय सञ्चालनमा । इनकर्पोरेटेड इङ्क अन्तर्गत करमा फाइदा एबम छुटबाट राहत मिल्न सक्दछ । जस्तै स्वास्थ्यमा प्रियम बिमामा कर छुट, मालिकलाइ स्व रोजगातदाता भएका कारण कर छुट, र बचत, कर्पोरेटेड आम्दानि सोसियल सेक्युरिटी, वर्कर कम्पेसेसन, मेडीकेयरमा कर छुट एबम बचत हुन जानेछ ।
इङ्क अन्तर्गत ब्यसायिक कम्युनिटी, निकायसँग स्थापना, बिस्तार, साझेदारि र सम्बन्धमा इङ्क सहयोगि हुनेछ । इङ्क अन्तर्गत अबकाश जिवनका लागि पनि यसका सकारात्मक पक्षहरु छन् । तर, कर्पोरेशन अन्तर्गत यसलऐ अध्याबधिक राख्न, अपडेट गर्न, कागजात चुस्त दुरुस्त राख्न र कागजात डकुमेन्टका बोझिला पक्षहरु भएपनि इङ्क ब्यबसाय सन्चालनका समग्रतामा थुप्रै हितकारि पक्षहरु छन सञ्चालक र शेयरहोल्डरका लागि ।
२) एल एल सि–लिमिटेड लायाबिलिटी कम्पनी अर्थात एक एल सि इनकर्पोरेट इङ्क भन्दा धेरै अर्थमा फरक एबम भिन्नता छ । कम्पनीदर्ता गर्दा यसका फाइदा एबम बेफाइदाका बारेमा बुझ्न र जान्न जरुरी छ । एल एल सिको सञ्चालन प्रक्रिया सहज छ इङ्क भन्दा र सरल पनि । यसको सरचना सहज भएको हुदा सन्चालक सदस्यहरुको लायाबिलिटि बराबरी हुनेछ । यसमा पनि ब्याक्तिगत ऋण, सम्पति इङ्कमा झै कम्पनिसङ्ग नजोडिए पनि मालिक अर्थात एल एलसि सन्चालक सदस्यहरुको गैरजिम्मेवारि, गैरकानुनि र गैरउत्तरदायि बनेमा कम्पनिबाट सुरक्षित चाहि हुन पाउनेछैन ।
यसमा मालिक वा कम्पनीसन्चालक अमेरिकि नागरिक वा रेसिडेन्ट यलियन्स हुनु जरुरी छैन एल एल सि खोल्न र सन्चालन गर्न। कम्पनिको सरचना परिबर्तन बिना नै लगानिको दायरा बढऔन र थप गर्न सकिन्छ यसमा । एल एल सिमा हरेक बर्ष इङ्कमा झै कर्पोरेट कर दाखिला आबश्यक छैन तर मालिक वा सञ्चालक सदस्यहरुले कम्पनिको नाफा घाटा आफ्नो वैैयक्तिक कर दाखिलामा चाहि शो गर्नुपर्नेछ फर्म १०६५ मार्फत । जसमा दोहोरो करबाट चाहि मुक्ति पाइनेछ । अरु ब्यबसायिक कम्पनीसरचन अझै एल एल सि छुट्टभिन्न कर इनटिटी भित्र पर्दैन ।
ब्यबसाय सञ्चालनमा भन्दा ब्यबसायिक, कमर्सियल वा रेन्टल पर्प्र्टिहरु किन्दा चाहि एल एल सि कम्पनीखोल्दा बढि लाभकारी र उत्तम हुनेछ र एल एल सि अनौपचारिक ढङ्गले सञ्चालन गर्न पाउने हुदा यो सहज र सरल छ कर्पोरेशन भन्दा । यसका नराम्रा र बेफाइदाकारि पक्षहरु पनि उत्तिकै छन् । जस्तै एल एल सि अन्तर्गत कम्पनी सञ्चालक सदस्यहरु आफैले आफ्नो लागि पे चेक काट्न पाउदैनन अर्थात आफ्नो ज्याला आफैले भुक्तानी गर्न पाउने छैनन् ।
आन्तरिक कर कार्यालय आइ आर एसले एल एलसिका हरेक मेम्बर सदस्यहरुलाइ ब्याक्तिगत प्रोपराइटरसिपको रुपमा ब्यबहार र हेर्ने गर्दछ । एल एलसि आफैले कर तिर्नु पर्दैन र यसले ट्याक्स रिटर्न फाइल गर्नु पर्दैन पनि । यसका मेम्बर सदस्यहरुले आफ्नो आम्दानि घाटालाइ ब्याक्तिगत कर दाखिलामा फर्म १०४० अन्तर्गत दाखिला गर्नु पर्नेछ । एल एलसिमा आफ्नो अबकाश जिवन । जिवन बिमा पोलिसिमा रकम ब्यबस्था गर्न सक्दछ र एल एल सिले आफुसँग भएको पपर्टि सम्पति आफ्नै अर्को कम्पनिलाइ लिजमा दिन र आम्दानि गर्न सक्दछ । र आर्थिक बोझ ट्रान्सफर गर्न सक्दछ । सञ्चालन प्रक्रिया सरल र कम बोझिलो छ एल एलसिमा ।
तर यसका बेफाइदाहरु पनि प्रशस्तै छन् । एल एल सिको मुनाफा ब्याक्तिगत आम्दानिमा देखाउनु पर्ने हुदा कहिलेकाहि कर्पोरेट कर भन्दा महङ्गो पर्न जानेछ ।
एल एल सिमा कर्पोरेट इङ्क जस्तो डाइरेक्टर, मेनेजर, कर्मचारी बाँडफाँड हुँदैन र यसमा सबै सञ्चालकहरु बराबर हैसियतका हुनेछन्, जसबाट सन्चालन प्रक्रियामा झञ्झट र अप्ठेराहरु आइलाग्नेछन । को मालिक भन्ने खुल्दैन एल एलसिमा सबै शेयर होल्डर मेम्बर सदस्यहरु बराबरी हैसियतमा हुँदा सम्झौता, हस्ताक्षर, ब्यबहार गर्दा भ्रम सिर्जना भै काम र सञ्चालनमा थुप्रै कठिनाइ ब्योहोर्न पर्ने हुन्छ ।
ब्यबसायिक सम्पतिमा सिमित अधिकार, कम जिम्मेवार हुने हुदा ब्यबस्थापनमा संकट उत्पन्न हुन सक्नेछ । एल एलसिमा अमेरिका भन्दा बाहिरका लगानि प्रिफर्ड गर्दैन र अमेरिका भन्दा बाहिर जानै सक्दैन पनि । साथमा इनिसियल पब्लिक अफरिङ्ग आइ पिओ इङ्कमा झै हुदैन ।
अमेरिकामा सबै राज्यहरुमा समान निति र कानुन छैनन फेडरल कानुनको अलावा । भिन्नभिन्न राज्यहरुमा भिन्नभिन्न राज्य सरकारका आ–आफ्ना पोलिसि र कानुनहरु छन कम्पनीदर्ता प्रक्रिया र सञ्चालनमा । सेक्रेटरि अफ स्टेटमा त्यहि राज्यको नियम अनुसार कम्पनी दर्ता भैसकेपछि फेडेरल कर कोड फेडेरल ट्याक्स आइ डि डिपार्टमेन्ट अफ ट्रेजरिमा दर्ता गरि कर नम्बर प्राप्त भैसकेपछि फेरि सोहि राज्यमा आन्तरिक कर कार्यालयबाट राज्यको कर, सेल्स ट्याक्स नम्बर दर्ता गरि नम्बर लिनु पर्नेछ ।
यसपछि मात्रै कम्पनीलाइ ब्यबसायिक काम र सञ्चालनमा बाटो खुल्नेछ र साथमा सिटि, काउण्टी एबम राज्य सरकारका अन्य कानुनि सम्बन्धित निकायबाट ब्यबसायको नेचर अनुसार थप लाइसेन्स र दर्ता आबश्यक हुनेछ । इजि छैन र सरल र सहज भनेजस्तो र सोचे जस्तो चाहि छैन अमेरिकामा कम्पनीदर्ता एबम ब्यबसाय सञ्चालनमा ।
तर, ब्यबसाय सन्चालन र कम्पनीदर्ता गर्नु पुर्ब एकाउण्टेन्ट, सिपिए, वकिल र जानकार ब्याक्ति एबम समुहबाट सुझाब र सल्लाह लिदा बाधा ब्यबधानहरुबाट बच्न र मुक्ति पाउन सकिन्छ ।
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...
१. प्रतिपक्षीका भीष्मपितामह भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसको प्रतिनिधि सभाका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको...