प्रहरी प्रधान कार्यालयद्वारा डीएसपीहरुको काज सरुवा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रहरी प्रधान कार्यालयद्वारा डीएसपीहरुको काज सरुवा

नयाँ विकल्प,

काठमाडौं – नेपाल प्रहरीका डीएसपीहरुको काजमा प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवालगायतका जिल्लासहित वृत्तका प्रमुखहरुको सरुवा गरेको हो। जसअनुसार दोलखामा डीएसपी गंगाप्रसाद पौडेल काज सरुवा भएका छन् भने रसुवामा डीएसपी कुलदीप चन्द गएका छन् ।

यस्तै रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै महानगरीय प्रहरी बृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरे काज सरुवा हुँदा दोलखाका डीएसपी भेषराज रिजाल अपराध महाशाखामा तानिएका छन् । यस्तै रामेछापबाट अर्का डीएसपी नवराज ढुङ्गानाको प्रदेश १ प्रहरी कार्यालयमा काज सरुवा हुँदा रसुवामा रहेका देवेन्द्र पाण्डे जगेडा पुलमा सरुवा भएका छन् ।

यस्तै हाल वृत्त चापागाउँमा कार्यरत टेकबहादुर कार्की क्षेत्रीको पनि कार्य विभागमा सरुवा भएका छन् । यसैगरी महानगरीय प्रहरी सातदोबाटोमा कार्यरत दिनेश घिमिरेको महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ फाल्गुन १, २२: ५३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन १, २२: ५३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन १, २२: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...