
नयाँ विकल्प,
काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। पुनः भोलि बस्ने गरी निष्कर्ष सकिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार करिब दुई घण्टासम्म चलेको बैठकमा एमसीसीका विषयमा छलफल भएको बुझिएको छ। बैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाले एमसिसीबारे अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पुर्याउनुपर्ने प्रस्ताव गरेको बताए । बैठक भोलि बिहान १० बजे बस्ने जानकारी दिँदै कार्कीले भोलिको संसद् बैठकमा पनि एमसिसी टेबल नहुने बताए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता डा प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी थिए। जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...