स्थानीय तहको चुनावका लागि आयोगले माग्यो नामावली – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

स्थानीय तहको चुनावका लागि आयोगले माग्यो नामावली


नयाँ विकल्प,

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न नामावली मागेको छ । निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न सरकारसँग नामावली मागेको छ । जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिनेछ । न्याय सेवाका राजपत्राङ्कित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरिनेछ । यस्तै, निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुको नामावली पनि फागुन १५ गतेभित्र पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरेको छ । नामावली प्राप्त भएएपछि आयोगले नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गर्नेछ । आयोगले न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा न्याय सेवाका राजपत्राड्ढित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्नेछ । निर्वाचन अधिकृत नियुक्ति गर्दा न्याय सेवाका राजपत्राड्ढित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका राजपत्राड्ढित अधिकृतलाई समेत नियुक्ति गर्न सक्नेछ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ फाल्गुन ५, २२: ३८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन ५, २२: ३८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन ५, २२: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...