बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

नयाँ विकल्प,

मोरङ- मोरङले बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। धनपालथान गाउँपालिका ५ बबियाका ४५ वर्षीय कालुराम खवासलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । २९ वर्षीय महिलाकै घरमा गएर बलात्कार गरेको आरोप लगेको प्रहरीले जनाएको छ। खवास धनपालथान–५ मा रहेको एकतारा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । पुस १२ गते राति महिलाको घरमै पुगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा खवासलाई पक्राउ गरिएको र खवासविरुद्ध जबरजस्ती करणी कसुरमा अदालतबाट बिहीबार म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन ५, २२: ४०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन ५, २२: ४०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ फाल्गुन ५, २२: ४०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...