कांग्रेसको १६ जिल्ला अधिवेशन पुनः सारियो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेसको १६ जिल्ला अधिवेशन पुनः सारियो

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन १५ गतेका लागि सारेको हो । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टी नेतृत्वको अनुरोधअनुसार १३ गतेको कार्यतालिका संशोधन गरिएको बताए । निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन र महेन्द्रनारायण निधिको जन्मजयन्ती लाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताए।सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ फाल्गुन ५, २२: ५३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन ५, २२: ५३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन ५, २२: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...