
काठमाडौं, भिमढुङ्गा । विश्वका ११२ वटा देशहरुमा ४८ हजार क्लब १४ लाख सदस्य भएको विश्वकै जेष्ठ सामाजिक संस्था लायन्स क्लब इन्टरनेश्लन अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिष्टले आज एक समारोहबीच नागार्जुन नगरपालिका वडा नम्बर ८ भिमढुङ्गास्थित बालबोध माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्याथीहरुलाई स्कूलब्याग, कलम, इलेजर, पेन्सील कटर, माक्स र महिला विद्यार्थीहरुका लागि सेनिटरी प्याड वितरण गरेको छ ।

उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयका १३० विद्यार्थीहरु, स्कूलका प्रधानाध्यापक, सह–प्रधानाध्यापक, शिक्षक तथा सो क्षेत्रका समाजसेवी, महिला तथा अभिभावकहरुको बाक्लो उपस्थितिमा लायन्स क्लबका पदाधिकारीहरुले उक्त सामाग्री विद्यार्थीहरुलाई वितरण गरेका हुन् ।

सो कार्यक्रममा क्लबका अध्यक्ष नेत्र प्रसाद न्यौपाने, जोन चियर पर्शन योगेन्द्र प्रताप शाही, निवर्तमान अध्यक्ष निरन्जन ओझा, सचिव दामोदर प्रसाद दवाडी, कोषाध्यक्ष तथा एक क्लब एक स्कूल कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण कार्यक्रम संयोजक रीता ढकाल (दवाडी), सदस्यहरु देवराज प्रसाई, प्रविन कुमार चाैधरी, कुमार ओझाले विद्यार्थीहरुलाई क्लबको तर्फबाट व्याग वितरण गरेका थिए ।
त्यसैगरी बालबोध विद्यालयका प्रधानाध्यापक जिवनराज मिश्र, सह–प्रधानाध्यापक उत्तम प्रसाद खनाल र शिक्षिका सविता खड्कालगायत शिक्षक, शिक्षिकाहरुको उपस्थित रहेको सो कार्यक्रममा नागार्जुन नगरपालिका वडा नं ८ भिमढुङ्गाका समाजसेवी राजेन्द्र प्रसाद भट्टराई, कल्पना कुमारी श्रेष्ठ र अभिभावकहरुको उपस्थिति रहेका थियो ।

त्यस्तै कार्यक्रममा क्लबका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले सामुदायिक विद्यालयलाई लायन्स क्लबको डिस्ट्रिक ३२५ A2 अन्तर्गत एक क्लब एक स्कूल कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण गर्न पाएकोमा स्कूल परिवारलाई धन्यवाद व्यक्त गरे ।
त्यसैगरी अतिथिका रुपमा उपस्थित जोन चियर पर्शन योगेन्द्र प्रताप शाहीले सामाजिक क्षेत्रमा लायन्स क्लबले थुप्रै कामहरु गर्दै आएको हुदाँ भिमढुङ्गामा फेरी पनि क्लबले कार्यक्रम राख्ने बताए ।

लायन्स क्लब अफ जर्नालिष्टका प्रथम उपाध्यक्ष यज्ञ बहादुर ढकालले क्लबको गतिविधिबारे प्रकाश पारे । त्यसैगरी क्लबका कोषाध्यक्ष तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमका संयोजक रीता ढकाल (दवाडीले)ले लायन्स क्लब अफ जर्नालिष्टको एक क्लब एक स्कूल कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण कार्यक्रम भिमढुङ्गास्थित बालबोध माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने अवसर जुटाई दिएकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्दै ढकालले फेरी पनि सामाजिक कार्यहरु निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमको सञ्चालक क्लबका सचिव दामोदर प्रसाद दवाडीले गरेका थिए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...