यौन आरोपी शिक्षक पक्राउ गर्दा महिला प्रहरीकाे मृत्यु, आज बिहानैदेखि कर्फ्यु – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

यौन आरोपी शिक्षक पक्राउ गर्दा महिला प्रहरीकाे मृत्यु, आज बिहानैदेखि कर्फ्यु

विराटनगर । लेटाङमा स्थानीयको आक्रमणबाट एक प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।

दक्षिणमा लेटाङ नगरपालिका वडा नं ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले बताए ।

यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको हो । आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप भएको हो ।

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी नविन राईले बताए । यौन दुर्व्यवहार आरोपी शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि झडप भएको थियो ।

त्यसक्रममा महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप पौडेलमाथि छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भीडले आक्रमण गरेको हो ।

आइतबार प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गर्न पुगेको थियो । घटना सार्वजनिक भएपछि स्थानीयले स्कुल घेराउ गरेका थिए । आक्रोशित भीडले आरोपी शिक्षक कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ चैत्र ७, ०८: २८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०७८ चैत्र ७, ०८: २८

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...

राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
  • २०७८ चैत्र ७, ०८: २८

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...