पार्टीपार्टीबीच सम्बन्ध बढाउन भाजपा कार्यलय गएको परराष्ट्रमन्त्री खड्काको भनाइ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पार्टीपार्टीबीच सम्बन्ध बढाउन भाजपा कार्यलय गएको परराष्ट्रमन्त्री खड्काको भनाइ

नयाँ विकल्प,

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्काले एक देशको पार्टीले अर्का देशको पार्टीबीच सम्बन्ध विस्तारका लागि भारत भ्रमणमा गएको नेपाली प्रतिनिधि मण्डल भाजपाको पार्टी कार्यलयमा गएको बताएका छन् ।
उनले एक पार्टीले अर्को पार्टीसँग सम्बन्ध विस्तार गर्नु गलत नभएको दावी पनि गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिका नाताले भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको विषयमा विवाद आएपछि मन्त्री खड्काले स्पष्टीकरण दिएका हुन् ।

तीन दिन भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा शुक्रबार भाजपा मुख्यलय पुगेका थिए । जसलाई कूटनीतिक मर्यादा विपरीत भन्दै आलोचना भएको थियो । आइतबार प्रधानमन्त्री देउवा स्वदेश फर्किपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले भाजपाको कार्यालयमा प्रधानमन्त्रीको नाताले गएको नभई नेपाली कांग्रेसको सभापति भएको नाताले पार्टी टू पार्टी सम्बन्ध विस्तारका लागि जानुभएको बताए । कांग्रेस सभापति भएको नाताले नेपाली कांग्रेसले अरु देशका पार्टीहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको उनले बताए ।

भ्रमणका क्रममा खुलेर छलफल भएको भन्दै उनले नेपाल भारतको घनिष्ट र मैत्रीपूर्ण नयाँ चाइमा पुर्याउन महत्वपूर्ण योगदान गरेको आफूहरुले महसुस गरेको समेत उनले बताएका छन् ।खड्काले नेपाल र भारतबीचका सीमा सम्बन्धी विषय संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच छलफल भएको बताए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ चैत्र २०, २२: ०३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ चैत्र २०, २२: ०३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ चैत्र २०, २२: ०३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...