भ्यू टावर सभ्यता, विकास र आर्थिक क्रियाकलापका लागि बनाइएको एमाले अध्यक्ष ओलीको जिकीर – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

भ्यू टावर सभ्यता, विकास र आर्थिक क्रियाकलापका लागि बनाइएको एमाले अध्यक्ष ओलीको जिकीर

नयाँ विकल्प,

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावर निर्माणको बचाउ गर्दै कांग्रेस नेताहरुले भ्यू टावरप्रति उठाएका प्रश्नको जवाफ फर्काएका छन् । पछिल्लो समय भ्यू टावरमा लगानी गरेर जनताको करबाट उठाएको रकमको दुरुपयोग भएको भन्दै आलोचना बढेको थियो ।

एमालेले सुरु गर्न लागेको सामाजिक सेवा केन्द्रको आइतबार सुरुवात गर्दै ओलीले भ्यू टावरको आलोचना भएकोमा असन्तुष्टि जनाए । कांग्रेस नेता डा.शेखर कोइरालाले आइतबार नै कांग्रेस कार्यकर्ताहरुलाई आफ्ना घोषणापत्रमा भ्यू टावर जस्ता अनावश्य विषय नराख्न सुझाव दिएका थिए ।

ओलीले भने, ’हामीले बनाएका भ्यू टावरहरू सभ्यता, विकास, व्यापारिक र अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् । हाम्रा स्वदेश र विदेशका मान्छेहरू, आन्तरिक पर्यटन र बाह्य पर्यटन समेतलाई आकर्षित गर्ने कुरा हुन् ।’उनले केही मान्छेले नबुझेर उनीहरूको पार्टीलाई भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्ने प्रतिज्ञा गर्न लगाएको बताए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ चैत्र २०, २२: ११

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ चैत्र २०, २२: ११

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ चैत्र २०, २२: ११

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...