
नयाँ विकल्प,
काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावर निर्माणको बचाउ गर्दै कांग्रेस नेताहरुले भ्यू टावरप्रति उठाएका प्रश्नको जवाफ फर्काएका छन् । पछिल्लो समय भ्यू टावरमा लगानी गरेर जनताको करबाट उठाएको रकमको दुरुपयोग भएको भन्दै आलोचना बढेको थियो ।
एमालेले सुरु गर्न लागेको सामाजिक सेवा केन्द्रको आइतबार सुरुवात गर्दै ओलीले भ्यू टावरको आलोचना भएकोमा असन्तुष्टि जनाए । कांग्रेस नेता डा.शेखर कोइरालाले आइतबार नै कांग्रेस कार्यकर्ताहरुलाई आफ्ना घोषणापत्रमा भ्यू टावर जस्ता अनावश्य विषय नराख्न सुझाव दिएका थिए ।
ओलीले भने, ’हामीले बनाएका भ्यू टावरहरू सभ्यता, विकास, व्यापारिक र अन्य आर्थिक क्रियाकलापका केन्द्र हुन् । हाम्रा पर्यटनका स्थलहरू हुन् । हाम्रा स्वदेश र विदेशका मान्छेहरू, आन्तरिक पर्यटन र बाह्य पर्यटन समेतलाई आकर्षित गर्ने कुरा हुन् ।’उनले केही मान्छेले नबुझेर उनीहरूको पार्टीलाई भ्यू टावर बनाउन्न भनेर कसम खानुपर्ने प्रतिज्ञा गर्न लगाएको बताए ।
काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...