काठमाडौं । स्थानीय तह निर्वाचन जति जति नजिकिदै छ त्यति त्यति राजनैतिक दलहरु विभिन्न राजनैतिक कार्यक्रमहरु लिएर गाउँगाउँमा पसेका छन् । नेपालको जेठो पार्टी नेपाली काँग्रेस यतिबेला निकै जुर्मुराएको देखिन्छ । यतिखेर देशैभर काँग्रेसले विभिन्न चुनावी सभा सम्मेलन गरेर जनतामाझ उभ्याइरहेको छ ।
यसैअनुरुप काठमाडौंको १० नं. क्षेत्र अन्तर्गत किर्तिपुर डाडाँमा काँग्रेसको क्षेत्रिय समितिका सभापति कृष्णबहादुर केसीको सभापतित्वमा सम्पन्न पदमटोल कुमारी समितिद्वारा आयोजित नव वर्ष २०७९को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मुलुकलाई अस्थिरताबाट बचाउन स्थानीय निकायदेखि नै काँग्रेसले पूर्ण बहुमत पाउनु पर्ने धारणा व्यक्त गरे ।
गएको साढे तीन वर्ष तत्कालिन नेकपाको नेतृत्व गर्दै के.पी शर्मा ओली सरकारले मुलुकमा राजनैतिक अस्थिरता, भ्रष्टाचार तथा अधिनायकवाद लादेर मुलुकलाई आर्थिक संकट निम्त्याउन खोज्दा पाँचवर्षको म्याण्डेड पाएको सरकार अल्पआयुमा नै विस्तापित भएको बताए । तत्कालिन सरकारको नेतृत्व गरिरहेका के.पी शर्मा ओलीका कारण मुलुक गंम्भिर संकटबाट बचाउन काँग्रेसले बाध्य भएर सरकारको नेतृत्व लिनु परेको स्मरण गराउँदै स्थानीय सरकार बनाउन काँग्रेसलाई मत दिन आग्रह गरे ।
काठमाडौंको उक्त क्षेत्र केही वर्ष अगाडीसम्म कम्युनिष्टहरुले बलियो पकडका रुपमा लिएको भएतापनि संविधान सभा निर्वाचनदेखि उक्त क्षेत्रका प्रभावशाली काँग्रेस नेता राजन कुमार के.सी (राजन)ले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेका थिए । १० नं. क्षेत्रमा तिन वटा नगरपालिका मध्ये दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिकामा काँग्रेसले जितेर स्थानीय सरकारको तेतृत्व गरिरहेको छ भने किर्तिपुर नगरपालिकामा मात्रै नेकपा एमालेले स्थानीय सरकारको नेतृत्व गरिरहेको छ ।
त्यसैले स्थानीय निर्वाचन नजिकिदै जादाँ किर्तिपुर नगरपालिका पनि हातपार्न काँग्रेसको ध्यान किर्तिपुर नगरपालिकामा बढी केन्द्रीत भएको देखिन्छ । सो क्षेत्रलाई केन्द्रविन्दु मानेर गत शनिबार आयोजना गरिएको आमसभाका प्रमुख अतिथि काँग्रेस नेता एवम् पूर्वअर्थमन्त्री रामशरण महतले काँग्रेसले नेपाली जनतालाई ढाँटेर, छलेर राजनीति नगरेको हुँदा पटकपटक काँग्रेसको नेतृत्व मुलुकले खोजिरहेको बताए । काँग्रेसले जे बोल्छ, त्यही गछै तर कम्युनिष्टहरुले जे बोल्छ त्यसको उल्टो गर्छ । त्यसैले मुलुकको अर्थतन्त्र बलियो बनाउँन उनीहरुमा कुनै भिजन नभएको हुँदा हाल मुलुकमा आर्थिक संकट निम्त्याउन नेपालमा कम्युनिष्टहरु उद्धत रहेका देखिन्छ उनले भने ।
विगतमा आफ्नो शिक्षा, दीक्षा यही स्थानमा फुपा–फुपाजुको घरबाट भएको हुँदा पनि सरकारको अर्थमन्त्री हुँदा यहाँको विकास निर्माणमा विशेषरुची राखेकोले यहाँको विकास निर्माण भएको दाबी गरे । काँग्रेस नेता डा. रामशरण महतले फेरी पनि स्थानीय सरकार काँग्रेस नै विजयी हुने दाबी गरे । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि पार्टी केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महतले यो स्थानीय तह निर्वाचनबाटै नेपाली काँग्रेसले मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रतिगामी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।
काँग्रेसभित्रका कमी–कमजोरीहरुलाई सच्याएर एकढिक्का भएर अगाडी बढेमा देशैभर नेपाली काँग्रेसमय हुने दाबी गरे ।
प्रवक्ता डा. महतले नेपाललाई कम्युनिष्टहरुले अस्थिरतातिर धकेल्ने कुचेष्टा गरिरहेको अवस्थामा नेपाली काँग्रेसले देशको राजनीतिलाई सही दिशामा केन्द्रीत गर्दै देशको नेतृत्व गरिरहेका स्मरण गर्दै कम्युनिष्टहरुले तिललाई पहाड बनाएर प्रचारप्रसार गरेर जनतामा झुटको खेती गरिरहेको बताए । तर नेपाली काँग्रेसले आफुले गरेका कामहरुको पनि प्रचार नगरेर खुम्चिनु परेको यथार्थलाई दर्साई दिए ।
काँग्रेसभित्र आफुआफुमा प्रतिस्पर्धी देख्ने, जो प्रतिस्पर्धी हो त्यसलाई नदेख्ने संस्कारको विकासले हामी पछाडी परेको औल्याउँदै सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले त्यस्तो संस्कारलाई त्यागेर एक ढिक्का भएर अगाडी बढ्नसके देशमा स्थिरता कायम हुन समयनै नलाग्ने जिकिर गरे । यदि पाँच वर्षसम्मनै सरकारको नेतृत्व केपी शर्मा ओलीले गरेको भए देश आज श्रीलंकाको बाटोमा गईसक्थ्यो त्यसैले त्यस्तो संकट उत्पन्न हुन नदिन काँग्रेसलेनै मुलुकको नेतृत्व गर्नु परेको स्मरण गर्दै काँग्रेसले आफुभित्रको कमी कमजोरीलाई सच्याएर स्थानीय तह निर्वाचनमा एकमत भएर होमिन पनि आह्वान गरे ।
त्यसैगरी १० नं. क्षेत्रका प्रभावशाली नेता एवम् नेपाली काँग्रेस केन्द्रीय सदस्य माननीय राजन कुमार केसी (राजन)ले राजनीति सेवाका लागि भएको हुँदा १० नं. बासी जनताको शिर निहुरिन नदिन आफु प्रतिवद्ध भएको प्रण गरे । राजनीति गर्ने भनेको जनताको सेवा र जनताको मतको सम्मान पनि भएको हुँदा सधै मतको सम्मान गरि रहने बताए । मुलुकमा भ्रष्ट्राचार हुन नदिने र आफु पनि कहिल्यै भ्रष्ट्राचार नगर्ने प्रतिवद्धताका साथ १० नं. बासीहरुले कहिले पनि शिर झुकाउन नपर्ने दाबी गरे ।
जहिलेसम्म आफु जनताको सेवामा समर्पित रहिरहेछु तबसम्म मलाई मत दिनुस यदी मबाट गल्ती भए मत पनि नदिनु होला भन्दै १० नं. क्षेत्रको विकासमा तिन वटा नगरपालिका काँग्रेसलेनै जित्नु पर्ने दाबी गरे । किर्तिपुर नगरपालिकामा नेपाली काँग्रेस विगतको निर्वाचनमा पराजित भएको हुँदा यो पटक कम्युनिष्टहरुको अखडा भत्काएर छोड्ने दाबी गरे । संविधान सभाको निर्वाचनमा दशवर्षे जनयुद्धबाट खुल्ला राजनीतिमा आएका माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत पराजित गराएर चर्चाको शिखरमा पुगेका काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राजन कुमार केसीले १० नं. काँग्रेसको आन्तरिक राजनीति पनि निर्विवाद रुपमा सहमतिको राजनीतिलाई अगाडी बढाइरहेको कुरालाई सोही क्षेत्रका काँग्रेस नेताहरुले बताइरहेका छन् ।
उक्त शुभकामना आदान प्रदान कार्यक्रममा काठमाडौं जिल्ला काँग्रेस सभापति राज कुमार नकर्मी, बागमती प्रदेश सांसद पुकार महर्जन, चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरि, प्रदेश सभापतिहरु शैलशमान मानन्धर, धर्मानन्द श्रेष्ठ, नगरसभापति कृष्णमान डंगोल, दक्षिणकाली नगरपालिकाका उप–प्रमुख वसन्ती तामाङ्ग डंगोल, काठमाडौं क्षेत्र नं. ९का नेतृ एवम् महाधिवेशन प्रतिनिधि रिता दवाडी लगायत काँग्रेसका वडा, नगर, प्रदेश, भातृ तथा सुभेच्छुक संघ÷संस्थाका प्रतिनिधिहरु, बुद्धिजीविहरु, पत्रकार एवम् काँग्रेस नेता तथा कार्यकर्ताहरुको साथसाथै किर्तिपुरबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त आमसभामा विभिन्न क्षेत्रका बौद्धिक तथा विशेषज्ञहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन दिपक कुमार केसीले गरेका थिए ।
फाेटाे फिचर…
काठमाडौं। राजधानीको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेविरुद्ध पक्राउ...
काठमाडौं। आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावमा नेपाली कांग्रेसले दुई वटै जिल्ला समन्वय समितिको सभापति हात पार्ने पक्का...
काठमाडौं। शेयर बजारमा आईतबार ११ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिन विहीबारको तुलनामा १३.५...