
नयाँ विकल्प
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्थापितले यहि वैशाख १५ गते काठमाडौंको धुम्वाराहीस्थित नेसनल कलेजले आयोजना गरेको कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तालाई लक्षित गरी ापत्तिजनक अभिव्यक्ति दिएको विषयमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले स्थापितलाई सोमबार एक पत्र पठाई स्पष्टीकरण मागेको बताए । विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पटीकरण मागेको हो ।
सो कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका हुन् ।
आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो । स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबिस घण्टा भित्र स्पटीकरण पेश गर्नु भनी स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ ।
पत्र बुझेको चौबिस घण्टा भित्र स्थापितले आयोग समक्ष स्पष्टिकरण बुझाउनुपर्ने छ ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...