
नयाँ विकल्प ।
काठमाडौं । नेपाली कांग्रेससहित पाँच दलबीच आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्न दिएको निर्देशन पार्टीको जिल्ला कार्यसमिति गोरखाले नमान्ने भएको छ ।
कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले पार्टी केन्द्रले स्थानीय तहको निर्वाचनमा गोरखा र पालुङ्टार नगरपालिकामा जनता समाजबादी पार्टी (जसपा)बीच चुनावी तालमेल दिएको निर्देशन पालना गर्न नसकिने बताए ।
बुधबार एक विज्ञप्ति जारी गर्दै गोरखा जिल्ला सभापति न्यौपानेले केन्द्रबाट गोरखा र पालुङटारमा कांग्रेस र जसपाबीच तालमेल गरी संयुक्त प्यानल बनाउन दिएको निर्देशन बमोजिम दुवै नगरपालिकामा दुवै दलका नेता तथा कार्यकर्ताबीच छलफल हुँदा तालमेल गर्न नसकिने सुझाव आएको बताए ।
उनले दुवै नगरपालिकामा एकल रुपमा निर्वाचनमा जाने राय प्राप्त भएकाले स्वस्थ र मित्रवत प्रतिष्पर्धा गर्ने निणर्य भए बमोजिम दुवै नगरका प्रमुख, उपप्रमुख र वडाका उम्मेदवार हरुलाई निर्वाचित गराउने गरी चुनावी अभियान संचालन गर्न निर्देशन दिएका छन् । पाँच वर्षअघिको स्थानीय तहको निर्वाचनमा अधिकांस स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...