नयाँ विकल्प ।
दमक । नेकपा एमालेका अधयक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा रहेको गौरादह नगरपालिकामा मेयरदेखि वडाध्यक्षसम्मका उम्मेदवारहरु अधिकांस विवादित र कानूनी विपरितको कार्य गरेबापत सजाय भोगेकाहरु छन् ।
गौरादह नगरपालिकाको मेयरमा एमालेले टिकट दिएका छत्रपति सुवेदीले भूमिहीन सुकुम्वासीका ५८ वटा फिल्डबुक दराजमा लुकाएर सुकुम्वासीलाई दुख दिएका ब्यक्ति हुन् ।
राष्ट्रिय भूमि आयोग झापाले भूमिहीन सुकुम्वासीलाई जग्गा दिने प्रक्रिया सुरु गर्न लगत संकलन गर्ने क्रममा पूरानो प्रगति विवरण माग गर्दा गौराहद नगरपालिका वडा नंम्वर –५ का तत्कालिन वडाध्यक्ष समेत रहेका सुवेदीले फिल्डबुकका कागजात गायव गरेका थिए ।
आयोगका झापा अध्यक्ष तिलकसिंह पाण्डेले प्रहरीको रोहबरमा सुवेदीले लुकाएर राखेको ५८ जना सुकुम्वासीको फिल्डबुक दराज फोडेर नियन्त्रणमा लिएको थियो ।
कोरोना कहरको समयमा गौरादहमा क्वारेन्टाइनमा मुस्किलले २ सय जना पनि बसेका थिएनन् तर तत्कालिन वडाध्यक्ष सुवेदीले ८ सय जनाको नाममा खाद्यान्न प्रयोग भएको बिल बनाएर नगरबाट नगद बुझेर घोटाला गरेका थिए । चामलको हिसाव उनले अझै बुझाएका छैनन् ।
गौरादहको वडा नंम्वर –५ मा मकैको चिउरा मिल निर्माणको आयोजना सम्पन्न गर्न लगेको डेढ करोड बजेटको हिसाब अझै देखाएका छैनन् । उनै सुवेदीलाई एमालेले मेयरमा पुनः उठाएको छ ।
गौरादह नगरपालिका ७ नम्वर वडामा एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका बलराम खरेल निवर्तमान वडाध्यक्ष हुन् । उनी विर्तासिटी अस्पतालको जग्गा किर्ते प्रकरणमा जेल सजाय भोगेर निष्किएका ब्यक्ति हुन् ।
जग्गा किर्ते काण्डमा धरौटीमा छुटेका खरेलले ७ नम्वर वडाका वडासचिव ओमनाथ तिवारी र ९ नम्वर वार्डका वडासचिव रामजी दाहाललाई सँगै लिएर हिँड्ने गरेका छन् ।
आचारसंहिता विपरित कार्य गर्दा पनि निर्वाचन आयोगले उनीविरुद्ध कुनै कारबाहीको प्रक्रिया अघि बढाएको छैन ।
कोरोना कहरका समयमा आर्थिक अवस्था कमजोर भएका नगरवासीलाई भनेर विभिन्न दातृ निकायबाट प्राप्त तीन हजार ४ सय केजीभन्दा धेरै खाद्यान्न राहतस्वरुप नबाँडी गोदाममा राखेरै सडाएका थिए ।
यसरी गरिव जनताको लागि आएको यतिधेरै परिमाणको खाद्यान्न नष्ट गर्ने निर्णय गर्नेमध्येका नगरपालिकाका प्रवक्ता तथा १ नम्वर वडाध्यक्ष नगेन्द्र भण्डारी, ३ नम्वर वडाध्यक्ष गजेन्द्र घिमिरे, वडा नम्वर ७ का अध्यक्ष बलराम खरेल र ८ नम्वर वडाध्यक्ष भूमिराज पोखरेल आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सोही वडाबाट नेकपा एमालेको तर्फबाट पुनः वडाध्यक्षमा उम्मेदवार भएका छन् ।
गरिव नगरवासीलाई खाद्यान्न नबाँडी कुहाएर नष्ट गर्ने निर्णयगर्नेहरु नै यतिवेला जनताको सेवा गर्ने र दुःखमा साथ दिने भन्दै ढोंग पिटेर हिँड्न थालेका छन् ।
मुसा लागेर, पानीले भिजेर र पुरानो भण्डारण कक्षका कारण खाद्यान्न अखाद्य भएको देखिएको भन्दै राहतको सामग्री नष्ट गर्न जनप्रतिनिधिहरु, सुरक्षा निकाय र सरकारी निकायका अन्य प्रतिनिधिको रोहबरमा गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईको पहलमा तीन हजार एक सय २१ केजी चामल, दुई सय तीन केजी दाल, ५ केजी नुन र १५ बोरा भुजिया गतबर्ष नष्ट गरिएको थियो ।
नगरको मेयरमा नेपाली कांग्रेसका रोहित साहसहित तीन जनाले वडाध्यक्ष विजयी भए पनि एमालेले उपमेयरसहित ६ वडाध्यक्ष जितेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आड भरोस र संरक्षणमा नगरवासीको संकटमा सेवा भन्दा आफ्नो स्वार्थसिद्ध गर्नमा लागेका थिए ।
एमालेले राहतको चामल गोदाममा कुहाउन भूमिका खेल्नेलाई कारबाही गर्नुको सट्टामा उल्टै पुनः उम्मेदवार बनाएर पुरस्कृत गरेपछि गौरादहका नगरवासी यतिबेला क्रुद्ध बनेका छन् ।
राहतको लागि प्राप्त भएको खाद्यान्न वितरण गर्न एमालेका जनप्रतिनिधिले सँधै बखेडा झिकेपछि गोदाममा थन्क्याउँदा गुणस्तर विग्रिएर अखाद्य भएपछि गत वर्ष जेठ ९ गते आइतबार नगरपालिकाको परिषरमा खाल्डो खनेर खाद्यान्न पुरिएको थियो ।
खाद्यान्न नष्ट गर्ने निर्णयमा मेयर साहले आफ्नो पुरा हस्ताक्षर गरेका छन् भने मेयर, उपाध्यक्ष र अन्यले नबुझिने छोटो फरक हस्ताक्षर गरेका छन् ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...