लगानी सम्मेलनमा सरकार कति बिक्यो कति बिकेन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

लगानी सम्मेलनमा सरकार कति बिक्यो कति बिकेन


केदार सुवेदी
यो साता

धेरै नै तामझामका साथ सम्पन्न भएको लगानी सम्मेलनमा सरकारले ३५ खर्ब लगानी आउने अपेक्षा गरेको थियो ।

यो अपेक्षाको आधार थियो दुइवर्ष अघि सम्पन्न यस्तो सम्मेलनमा सरकारले अपेक्षा गरेको एक खर्वभन्दा १३ गुनाबढी, १४ खर्वको प्रतिवद्धता जनाइनु । सरकारको मूल्यांकनमा त्यो भन्दा यो वर्ष वातावरण राम्रो छ भन्ने ठानेर नै त्यसको दोव्वर हुनेगरी अंकको अपेक्षा गरेको हुनुपर्छ ।

तर प्रतिवद्धता चाहि त्यो दुइवर्ष अघिको जतिकै आयो । यो भनेको सरकारले गरेको अपेक्षाको आधाभन्दा कम हो । यसमा विदेशी लगानीकर्ताले १२ खर्ब १५ अर्ब रुपैयाँ लगानी गर्ने इच्छा जाहेर गरे ।

अर्को, सरकारले ७७ वटा परियोजना प्रस्तुत गरेको थियो । त्यसमध्ये मध्ये १७ वटा परियोजनामा मात्रै विदेशी लगानीकर्ताले आवेदन दिए । सरकारले लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजीका १७ गरी ७७ परियोजनालाई सूचीकृत गरेको अर्थात लगानीका लागि विक्रीमा राखेको थियो । ७७ मध्ये १७ वटा मात्रमा लगानीकर्ताको प्रारम्भिक आँखा प¥यो । अरु त्यति लोभलाग्दा देखिएनन् होला र नै दुइदिनको सम्मेलनमा यतिमा सीमित हुन परेको अवस्था देखियो ।

आवेदनको अन्तिम मिति भने वैशाख सातसम्म रहेको हुनाले सरकारले आफनो विश्वसनीयताको मूल्यांकन भैहाल्ने अवस्थाबाट टाउको लुकाउने मौका पायो । लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका ७, कृषिका ३, लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका ४ परियोजनामा लगानीका लागि आवेदन दिएका थिए । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ (१० अर्ब ९५ करोड अमेरिकी डलर) छ ।

नहुनुभन्दा निश्चयनै यो राम्रो हो तर प्रधानमन्त्रीले आफनो उद्घाटन भाषणमा यो सम्मेलनमा सय खर्वको लगानी आउँछ भनी जस्तो संकेत गरेका थिए त्यो आफैमा एउटा व्यंग्य जस्तो हुन गयो । यो अंकमा कतिपय पहिलेकै सम्झौतापनि दोहोरिएका हुदा यो सम्मेलनबाट प्राप्त हुने लगानी कतिहोला भन्ने यकिन हुन गाह्रो परेको अवस्था छदै छ । विदेशी लगानीकर्ताले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहिरी चक्रपथ, काठमाडौं मेट्रो र बर्स ¥यापिड ट्रान्जिट, पश्चिम सेती, तमोर, एकीकृत कृषि परियोजना, धुलिखेल मेडिसिटी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत परियोजनामा आवेदन परे ।

यसमा विमानस्थल र दुवटा जलविदुत आयोजना महत्वका छन् । सरकारले पाँच हजार मेगावाटका परियोजना आउने अपेक्षा गरको थियो । लगानी सम्मेलनमा सोचेजस्तो प्रतिफल नआएको देखाउने पक्षहरु धेरै पाइयो । यो भनेको सरकार विक्न नसकेको हो लगानीका सन्दर्भमा ७७ वटा परियोजनाहरुमा जति थोरैमा सम्झौता भयो त्यो आफै एउटा उदाहरण मानियो भने आश्चर्य नहोला । सम्मेलनमा सम्झौता भएका १५ परियोजनाहरुमा पनि कुनै आन्तरिक लगानीकर्ताहरुको लगानी र कुनै पहिले नै एमओयू भईसकेको परियोजनामा फेरि एमओयू गरिएको अवस्थाले सरकार आफनो पोजिसन प्रति धेरै शर्तक रहेको बुझाउँछ ।

१६४ मेगावाटको कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच गत असार ५ गते नै समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही विषयलाई अहिले फेरी एमओयू गरियो । नेपालमा ६०० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी भयो । यो भनेको लगानीसम्मेलनले जुटाउको अवसरको मात्रे फाइदा होइन । यो सम्मेलन नभएको भएपनि यसमा संयुक्त लगानी हुने थियो । यो सौर्य ऊर्जा उत्पादनको काम भने आफैमा प्रशंसनीय छ नै । सिजी लाइफ र टर्कीमा मुख्यालय रहेको मोबाइल सेवा प्रदायक कम्पनी टुर्क सेलबीच पाँचै पुस्ताको मोबाइल नेटवर्क नेपालमा विस्तार गर्ने समझदारी भयो । यो पनि नया होइन ।

यहा चाहि नया जस्तो भएर आयो । ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता भयो । यो पनि पुरानै कुरा हो । नेपाल भारत दुइदेशका प्रधानमन्त्रीले गतवर्षनै यो जलविद्युत आयोजनाको शील्यान्यास भएर काम समेत सुरु भैसकेको थियो । १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्न हाइड्रो सोलुसन ग्रुप र हुनान सिन्ह्वा वाटर कन्जरभेसन हाइड्रो पावरबीचको सम्झौता दोस्रो पटकको हो तर यसलाइ नया जस्तै गरी लगानी सम्मेलनको उपलव्धीका रुपमा प्रचार गरिदैछ ।

कतिपय साना लगानी पनि उल्लेख्य रुपमा रहे जस्तो अपी पावर कम्पनी नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच १८ मेगावाट क्षमताको सौर्य परियोजना, ९८ मेगावाटको जलविद्युत् परियोजना र १० मेगावाट क्षमताका वायु ऊर्जा उत्पादन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । लगानीका हिसावले यी साना हुन तर बढी सख्या देखाउनेमा यिनले काम गरेका बुझ्न सकिन्छ ।
सहभागिता र सम्झौता
चैत्र १५– १६ वहुप्रतिक्षित लगानी सम्मेलनमा ४० देशका प्रतिनिधिमण्डल लगायत ६०० बढी लगानीकर्ताको सहभागी भएको थियो ।

एउटा देशबाट एउटा परियोजनामा लगानी को प्रस्ताव भएको भएपनि ४० वटा परियोजना आउँथे । सम्मेलनमा प्रतिनिधित्व गर्नेहरुको सख्या ६०० बढीको रहेको सरकारी सूचनामा वताइयो । यसमा पनि त्यस्तै हो एउटा प्रतिनिधिले सानोठूलो जस्तो होस परियोजनामा आँखा पु¥याएका भए कति आयोजना आउँथे अनुमान गर्न सकिन्छ । त्यो हिसावमा १५–१६ वटा परियोजना भनेको सहभागिताका हिसावले धेरैनै थोरै हो ।

पछिल्ला दिन प्रधानमन्त्री आफैले आफनो सरकारलाई ‘कम्युनिष्ट’ को भनी चिनाउन खोजेका थिए । सम्मेलनको अघिल्लो दिननै कम्युनिष्ट सरकारले यसो ग¥यो र उसो ग¥यो भन्नेमा बढी समय विताएका उनको यो भनाइ आइरहँदा यता धमाधम लगानीकर्ता राजधानी आइरहेका थिए । अपेक्षा गरे अनुसारको प्रतिवद्धता नआउनुमा सरकारको यस्तो परिचयले पनि काम गरेको हो कि भने शंका गरेका छन विज्ञहरुले ।

यस अघि यो सरकार कम्युनिष्टको भएपनि प्रधानमन्त्री केपीशर्मा ओलीले आक्कल झुक्कल बाहेक यस्तो परिचय दिएको पाइदैन थियो । यो पटक नेपाली कांग्रेसलाई जवाफ दिने क्रममा सरकारलाई कम्युनिष्टको भनी दोहो¥याइ रहे । यो सम्मेलनमा यता कम्युनिष्ट देशको प्रतिनिधित्व भने एउटा देश चिनबाट मात्र भएको थियो । त्यसैकारण पनि होला उद्घाटन सत्र देखिनै सम्मेलन लगानीकर्ताको जिज्ञासा शुन्य प्राय भएको थियो । जिज्ञासा नहुनु भनेको एउटा औपचारिकता निर्वाह गरेको सम्मको कुरा बुझाउछ ।

जिज्ञासाको अभाव
निकै उत्साहका साथ आयोजना भएकोे दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन कमजोर व्यवस्थापन र लगानीकर्ताको उदासिनताले अपेक्षित सफल हुनेमा सुरुमै शंका जन्माएको थियो । सुरुमै उद्योगमन्त्रीलाई ठाउँ नदिइएको विषय चर्चित रह्यो भने समारोहमा आमन्त्रित धेरै लगानीकर्ता कार्यक्रम हलमा बस्न समेत पाएनन् उद्घघाटन सत्रमा । कार्यक्रम लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घघाटन भएको थियो ।

उद्घघाटन शत्र सकिएपछि ‘नेपालमा लगानीका सम्भावना’ विषयमा प्लेनरी नाम दिएको छलफलको सत्र थियो । यसको अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली थिए । उनीसँगै अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्यले प्रस्तुती राखे । यो प्रस्तुतिलाई सहभागीहरुले खासै ध्यान दिएको पाइएन । त्यसैपनि उपस्थिति पातलो संख्यामा थियो भने सहभागीहरुले कुरा सुन्ने बाहेक त्यहाँ न कुनै अन्तरक्रिया भयो न कुनै लगानीकर्ताले नेपालका लगानीको सम्भावनाका विषयमा कुनै जिज्ञासा राखे । पसलमा कुनै सामान खरिद गर्न गएको एउटा ग्राहकले आफनो रुचीको वस्तुको मूल्य सोध्छ नै । यो ठाउँ पनि त्यस्तै हो आफुले लगानीगर्न खोजेको क्षेत्रकाबारे जिज्ञासा हुन्छनै । रिपोर्टमा आए अनुसार दुई समानान्तर सत्र मध्येमा अलिकति चर्चा उर्जाको भयो ।

यस सत्रमा उर्जाको बजार कहाँसम्म छ, नेपालले कहाँ–कहाँसम्म विद्युत् बेच्न सक्छ भन्ने विषयमा वक्ताहरुले धारणा राखे । यसमा पावर चाइनाका प्रवन्ध निर्देशक र बंगलादेशका इन्जिनियरले उर्जाको सम्भावना राम्रो रहेको बताए । सत्रका अध्यक्षता गरेका मन्त्री पुनले दक्षिण एशिया मात्रै नभएर अन्य मुलुकहरुमा पनि बजार विस्तार गर्ने कुरा सुनाए । विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ले पनि उर्जाको सम्भावनाका विषयमा छोटकरीमै आफ्नो भनाई टुग्यांए ।

प्रविधिका विषयमा पनि वक्ताहरुले केवल एकतर्फी बोलिरहे । केहिले सुने त बाँकी मोवाइलमै मस्त देखिन्थे । कुनै लगानीकर्ताले कुनै विषयमा जिज्ञासा राखेनन् । त्यसपछि सञ्चालन भएका थप पर्यटन र उद्योगसम्बन्धी दुई समानान्तर सत्रमा पनि हालत यस्तै भयो । उद्योग सम्बन्धी सत्रको अध्यक्षता उद्योग मन्त्री यादवले गरेका थिए भने पर्यटनसम्बन्धी सत्रको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्यले गरेका थिए ।

अन्य सत्रहरुमा विभागीय मन्त्रीहरुको अध्यक्षतामा सञ्चालन भएपनि पर्यटन सम्बन्धी छलफल हुने सत्रमा आयोगका सदस्यले अध्यक्षता गरे । पर्यटनमन्त्री नभए पनि राज्यमन्त्री थिए, तर उनलाईलाई त्यो जिम्मेवारी दिइएन । लगानी गर्न इच्छुक लगानीकर्ताले त केही जिज्ञासा राख्नु पर्ने हो तर, त्यो देखिएन । उद्योग शत्रका सहजकर्ता प्रदीपकुमार श्रेष्ठले लगानीकर्तालाई जिज्ञासा राख्न बारम्बार आग्रह गरे । उनले जिज्ञासा राख्न पाउनुलाई सुनौलो अवसरको रुपमा ब्याख्या गरे । एक नेपाली सहभागीले कृषि विषयमा जिज्ञासा राखे । मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले त्यसको जवाफ दिइन् । त्यसपछि एकजना पत्रकारले हुवाजिनसमक्ष प्रश्न राखे । तर कुनै विदेशी लगानीकर्ताले कुनै जिज्ञासा राखेनन् ।

अव्यवस्थाको चर्चा
सम्मेलनको व्यवस्थापन भने फितलो रह्यो । सम्मेलनमा सहभागी हुन आएका धेरै पाहुनाले उभिन समेत ठाउँ पाएनन् । कार्यक्रमस्थलमै पुगेर पनि कतिपयले विदेशी पाहुनाहरुले उद्घाटन प्रत्यक्ष हेर्न पाएनन् । कार्यक्रम हुने हलमा आएकामध्ये आधा प्रवेश गर्ने वित्तिकै हल भरियो । बाँकी रहेका सबैले सम्मेलनको उद्घाटन शत्र टेलिभिजन स्क्रिनमा हेरेर चित्त बुझाउनु परेको अवस्था सामान्य होइन । जसका लागि सम्मेलन आयोजना भएको छ त्यो ठाउँमा तिनै अटाउन सकेनन भने त्यसको के अर्थ रहला ? यस्ते भयो त्यस दिन ।

यसअघि २०१७ मा भएको लगानी सम्मेलनमा तत्कालीन उद्योगमन्त्री लगानी बोर्डका उपाध्यक्ष थिए तर, उनकै नेतृत्वमा त्यसबेला सम्मेलन सम्पन्न भएको थियो । अहिले बोर्डको उपाध्यक्ष अर्थमन्त्री छन् । त्यसैले उद्योग मन्त्री यादव भूमिकाविहीन देखिए । कतिसम्म भने उद्घाटन सत्रमा उनले बस्ने कुर्सी समेत पाएनन् । यो जानबिुझी गर्न खोजिएको अपमानका रुपमा लिइयो ।
जोगीका घरमा सन्यासी पाहुना
दुइ वर्ष अघिको लगानी सम्मेलनमा भारतीय अर्थमन्त्री प्रमुख वक्ताका रुपमा थिए । चिनबाटपनि मन्धसितरके प्रतिनिधित्व भएकोे थियो । यो पटक चाहिँ अन्यत्र लगानी गर्न नसक्ने, हरेक मानेमा नेपालभन्दा तल्लो स्तरमा रहेको देश म्यानमारलाई बनाइयो । सम्मेलन अवधीभर योकुरा सवैलाई खडकिइ रह्यो । यस्तो व्यक्तिको छनौटले मात्र होइन उनले गरेको सम्वोधनले पनि त्यस्तै गरायो । लगानी सम्मेलनको उद्घाटन सत्रमा म्यानमारका लगानी तथा विदेश आर्थिक मामिला मन्त्री यू थाउङ टुनले सम्बोधन गरे ।

सम्मेलनका विशेष वक्ताका रुपमा निम्त्याइएका उनले आफ्नो सम्बोधनमा कतै पनि म्यानमारबाट नेपालमा विदेशी लगानी ल्याउने वा ल्याउन सकिने विषय कोट्याएनन् । उनले नेपाल र म्यानमारलाई एउटै डालोमा राखेर लगानी ल्याउन आग्रह गरे । सबैभन्दा आपत्ति कहाभयोभने नेपालको मञ्चलाई उनले म्यानमारको म१च जस्तो ठानेर नेपालमा भन्दा म्यानमारमा यस्तो लगानी चाहिएको भनने खुला रुपले नै अपिल गरे । मन्त्री टुनले मात्रै होइन । म्यानमारका निजी क्षेत्रका प्रतिनिधिले पनि उस्तै कुरा गरे ।

दिउँसो भएको ‘औद्योगिक आधार र रोजगारी सिर्जना’सम्बन्धी सत्रमा पनि म्यानमारको यो मा स्ट्राटेजिक होल्डिङसका कार्यकारी अध्यक्ष सर्ज पुनले त्यस्तै बठ्याइँ गरे ।उनले सम्मेलनमा सहभागी लगानीकर्तालाई सोझै म्यानमारमा लगानी लिएर आउन आग्रह गरे । उनको त्यस्तो आग्रहपछि कार्यक्रममा सहभागीबीच हाँसो नै चल्यो । लगत्तै सत्रका सहजकर्ता पञ्चकन्या ग्रुरुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले यस विषयमा छुट्टै छलफल गरौंला भन्दै हस्तक्षेप नै गरेर कुरा मोडे । म्यानमारले गरेको अपीलमा नोपलमा को लगानी गर्न तयार होला ? यतिसमेत सोच्न आवश्यक ठानिएन ।

यसले सम्मेलननै हलुको बनाएको टिप्पणी सम्मेलन स्थलमानै भयो । स्वाभाविक छ परिणाम पनि यस्तै आयो । यो भनेको सरकारले देखाउको हदैसममको गरिवीको परिचय हो । अघिल्लो दिन प्रधानमन्त्रीले नेपालको सरकार कम्युष्टिको हो भनी अनावश्यकरुपमा दोहो¥याइ रहको अवस्था र पछिललो दिन वर्मालाइ प्रमुख अतिथि बनाउनु तथा प्रमुख अतिथि बनेकाले लगानी सम्मेलन भएको देशमा लगानी गर्न आह्वान गर्नु साटो आफनो देशमा लगानी गर्न आह्वान गर्नुृ यो पटकको लगानी सम्मेलनको सधै व्यंग्यात्मक रुपले सम्झने विषय बन्यो ।

स अघि यो सरकार कम्युनिष्टको भएपनि प्रधानमन्त्री केपीशर्मा ओलीले आक्कल झुक्कल बाहेक यस्तो परिचय दिएको पाइदैन थियो । यो पटक नेपाली कांग्रेसलाई जवाफ दिने क्रममा सरकारलाई कम्युनिष्टको भनी दोहो¥याइ रहे । यो सम्मेलनमा यता कम्युनिष्ट देशको प्रतिनिधित्व भने एउटा देश चिनबाट मात्र भएको थियो । त्यसैकारण पनि होला उद्घाटन सत्र देखिनै सम्मेलन लगानीकर्ताको जिज्ञासा शुन्य प्राय भएको थियो । जिज्ञासा नहुनु भनेको एउटा औपचारिकता निर्वाह गरेको सम्मको कुरा बुझाउछ ।

जिज्ञासाको अभाव
निकै उत्साहका साथ आयोजना भएकोे दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन कमजोर व्यवस्थापन र लगानीकर्ताको उदासिनताले अपेक्षित सफल हुनेमा सुरुमै शंका जन्माएको थियो । सुरुमै उद्योगमन्त्रीलाई ठाउँ नदिइएको विषय चर्चित रह्यो भने समारोहमा आमन्त्रित धेरै लगानीकर्ता कार्यक्रम हलमा बस्न समेत पाएनन् उद्घघाटन सत्रमा । कार्यक्रम लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घघाटन भएको थियो ।

उद्घघाटन शत्र सकिएपछि ‘नेपालमा लगानीका सम्भावना’ विषयमा प्लेनरी नाम दिएको छलफलको सत्र थियो । यसको अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली थिए । उनीसँगै अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्यले प्रस्तुती राखे । यो प्रस्तुतिलाई सहभागीहरुले खासै ध्यान दिएको पाइएन । त्यसैपनि उपस्थिति पातलो संख्यामा थियो भने सहभागीहरुले कुरा सुन्ने बाहेक त्यहाँ न कुनै अन्तरक्रिया भयो न कुनै लगानीकर्ताले नेपालका लगानीको सम्भावनाका विषयमा कुनै जिज्ञासा राखे । पसलमा कुनै सामान खरिद गर्न गएको एउटा ग्राहकले आफनो रुचीको वस्तुको मूल्य सोध्छ नै । यो ठाउँ पनि त्यस्तै हो आफुले लगानीगर्न खोजेको क्षेत्रकाबारे जिज्ञासा हुन्छनै ।

रिपोर्टमा आए अनुसार दुई समानान्तर सत्र मध्येमा अलिकति चर्चा उर्जाको भयो । यस सत्रमा उर्जाको बजार कहाँसम्म छ, नेपालले कहाँ–कहाँसम्म विद्युत् बेच्न सक्छ भन्ने विषयमा वक्ताहरुले धारणा राखे । यसमा पावर चाइनाका प्रवन्ध निर्देशक र बंगलादेशका इन्जिनियरले उर्जाको सम्भावना राम्रो रहेको बताए । सत्रका अध्यक्षता गरेका मन्त्री पुनले दक्षिण एशिया मात्रै नभएर अन्य मुलुकहरुमा पनि बजार विस्तार गर्ने कुरा सुनाए ।

विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ले पनि उर्जाको सम्भावनाका विषयमा छोटकरीमै आफ्नो भनाई टुग्यांए । प्रविधिका विषयमा पनि वक्ताहरुले केवल एकतर्फी बोलिरहे । केहिले सुने त बाँकी मोवाइलमै मस्त देखिन्थे । कुनै लगानीकर्ताले कुनै विषयमा जिज्ञासा राखेनन् । त्यसपछि सञ्चालन भएका थप पर्यटन र उद्योगसम्बन्धी दुई समानान्तर सत्रमा पनि हालत यस्तै भयो । उद्योग सम्बन्धी सत्रको अध्यक्षता उद्योग मन्त्री यादवले गरेका थिए भने पर्यटनसम्बन्धी सत्रको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्यले गरेका थिए ।

अन्य सत्रहरुमा विभागीय मन्त्रीहरुको अध्यक्षतामा सञ्चालन भएपनि पर्यटन सम्बन्धी छलफल हुने सत्रमा आयोगका सदस्यले अध्यक्षता गरे । पर्यटनमन्त्री नभए पनि राज्यमन्त्री थिए, तर उनलाईलाई त्यो जिम्मेवारी दिइएन । लगानी गर्न इच्छुक लगानीकर्ताले त केही जिज्ञासा राख्नु पर्ने हो तर, त्यो देखिएन । उद्योग शत्रका सहजकर्ता प्रदीपकुमार श्रेष्ठले लगानीकर्तालाई जिज्ञासा राख्न बारम्बार आग्रह गरे । उनले जिज्ञासा राख्न पाउनुलाई सुनौलो अवसरको रुपमा ब्याख्या गरे । एक नेपाली सहभागीले कृषि विषयमा जिज्ञासा राखे । मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले त्यसको जवाफ दिइन् । त्यसपछि एकजना पत्रकारले हुवाजिनसमक्ष प्रश्न राखे । तर कुनै विदेशी लगानीकर्ताले कुनै जिज्ञासा राखेनन् ।

अव्यवस्थाको चर्चा
सम्मेलनको व्यवस्थापन भने फितलो रह्यो । सम्मेलनमा सहभागी हुन आएका धेरै पाहुनाले उभिन समेत ठाउँ पाएनन् । कार्यक्रमस्थलमै पुगेर पनि कतिपयले विदेशी पाहुनाहरुले उद्घाटन प्रत्यक्ष हेर्न पाएनन् । कार्यक्रम हुने हलमा आएकामध्ये आधा प्रवेश गर्ने वित्तिकै हल भरियो । बाँकी रहेका सबैले सम्मेलनको उद्घाटन शत्र टेलिभिजन स्क्रिनमा हेरेर चित्त बुझाउनु परेको अवस्था सामान्य होइन । जसका लागि सम्मेलन आयोजना भएको छ त्यो ठाउँमा तिनै अटाउन सकेनन भने त्यसको के अर्थ रहला ? यस्ते भयो त्यस दिन ।

यसअघि २०१७ मा भएको लगानी सम्मेलनमा तत्कालीन उद्योगमन्त्री लगानी बोर्डका उपाध्यक्ष थिए तर, उनकै नेतृत्वमा त्यसबेला सम्मेलन सम्पन्न भएको थियो । अहिले बोर्डको उपाध्यक्ष अर्थमन्त्री छन् । त्यसैले उद्योग मन्त्री यादव भूमिकाविहीन देखिए । कतिसम्म भने उद्घाटन सत्रमा उनले बस्ने कुर्सी समेत पाएनन् । यो जानबिुझी गर्न खोजिएको अपमानका रुपमा लिइयो ।
जोगीका घरमा सन्यासी पाहुना
दुइ वर्ष अघिको लगानी सम्मेलनमा भारतीय अर्थमन्त्री प्रमुख वक्ताका रुपमा थिए । चिनबाटपनि मन्धसितरके प्रतिनिधित्व भएकोे थियो । यो पटक चाहिँ अन्यत्र लगानी गर्न नसक्ने, हरेक मानेमा नेपालभन्दा तल्लो स्तरमा रहेको देश म्यानमारलाई बनाइयो । सम्मेलन अवधीभर योकुरा सवैलाई खडकिइ रह्यो ।

यस्तो व्यक्तिको छनौटले मात्र होइन उनले गरेको सम्वोधनले पनि त्यस्तै गरायो । लगानी सम्मेलनको उद्घाटन सत्रमा म्यानमारका लगानी तथा विदेश आर्थिक मामिला मन्त्री यू थाउङ टुनले सम्बोधन गरे । सम्मेलनका विशेष वक्ताका रुपमा निम्त्याइएका उनले आफ्नो सम्बोधनमा कतै पनि म्यानमारबाट नेपालमा विदेशी लगानी ल्याउने वा ल्याउन सकिने विषय कोट्याएनन् । उनले नेपाल र म्यानमारलाई एउटै डालोमा राखेर लगानी ल्याउन आग्रह गरे ।

सबैभन्दा आपत्ति कहाभयोभने नेपालको मञ्चलाई उनले म्यानमारको म१च जस्तो ठानेर नेपालमा भन्दा म्यानमारमा यस्तो लगानी चाहिएको भनने खुला रुपले नै अपिल गरे । मन्त्री टुनले मात्रै होइन । म्यानमारका निजी क्षेत्रका प्रतिनिधिले पनि उस्तै कुरा गरे । दिउँसो भएको ‘औद्योगिक आधार र रोजगारी सिर्जना’सम्बन्धी सत्रमा पनि म्यानमारको यो मा स्ट्राटेजिक होल्डिङसका कार्यकारी अध्यक्ष सर्ज पुनले त्यस्तै बठ्याइँ गरे ।

उनले सम्मेलनमा सहभागी लगानीकर्तालाई सोझै म्यानमारमा लगानी लिएर आउन आग्रह गरे । उनको त्यस्तो आग्रहपछि कार्यक्रममा सहभागीबीच हाँसो नै चल्यो । लगत्तै सत्रका सहजकर्ता पञ्चकन्या ग्रुरुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले यस विषयमा छुट्टै छलफल गरौंला भन्दै हस्तक्षेप नै गरेर कुरा मोडे । म्यानमारले गरेको अपीलमा नोपलमा को लगानी गर्न तयार होला ? यतिसमेत सोच्न आवश्यक ठानिएन । यसले सम्मेलननै हलुको बनाएको टिप्पणी सम्मेलन स्थलमानै भयो । स्वाभाविक छ परिणाम पनि यस्तै आयो ।

यो भनेको सरकारले देखाउको हदैसममको गरिवीको परिचय हो । अघिल्लो दिन प्रधानमन्त्रीले नेपालको सरकार कम्युष्टिको हो भनी अनावश्यकरुपमा दोहो¥याइ रहको अवस्था र पछिललो दिन वर्मालाइ प्रमुख अतिथि बनाउनु तथा प्रमुख अतिथि बनेकाले लगानी सम्मेलन भएको देशमा लगानी गर्न आह्वान गर्नु साटो आफनो देशमा लगानी गर्न आह्वान गर्नुृ यो पटकको लगानी सम्मेलनको सधै व्यंग्यात्मक रुपले सम्झने विषय बन्यो ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०७५ चैत्र १८, ०९: १८

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७५ चैत्र १८, ०९: १८

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ चैत्र १८, ०९: १८

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...