११ सदस्यीय समिति बनाउन दलहरु बिच सहमति – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

११ सदस्यीय समिति बनाउन दलहरु बिच सहमति

नयाँ विकल्प,

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय समिति बनाउन दलहरु बिच सहमति जुटेको छ । बुधबार बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको र एमालेले समितिमा को–को पठाउनेबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

सो समितिमा प्रमुख प्रतिपक्षी दल एमालेबाट ४ जना, नेपाली काँग्रेसबाट २, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य राख्ने सहमति भएको हो ।
दलहरुले समिति सदस्य तोकेपछि सभामुखले सभामा प्रस्तुत गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी एमालेले गत असार १४ गते बेलुकाको अर्थमन्त्रालयको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ असार २२, १६: १०

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
  • २०७९ असार २२, १६: १०

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...

त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
  • २०७९ असार २२, १६: १०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...