प्रधान सम्पादक श्रेष्ठको निधन – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

प्रधान सम्पादक श्रेष्ठको निधन

काठमाडौं । कामना न्युज पब्लिकेशनद्वारा प्रकाशित नेपाल समाचार पत्र दैनिकका प्रधान सम्पादक पुस्करलाल श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजेर ४९ मिनेट जाँदा प्रधान सम्पादक श्रेष्ठको निधन भएको निधन भएको छ ।

पाँच महिनाअघि मृगौलाको पत्थरीको शल्यक्रियापछि विभिन्न स्वास्थ्य समस्याले सताएको थियो । पछिल्लो समय स्वास्थ समस्या बढ्दै गएपछि नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो ।

पत्रकारिता तथा लेखनमा लामो समय विताएका श्रेष्ठको ६० वर्षको उमेरमा निधन भएको हो। रंगपत्रकारिताबाट पत्रकारितामा प्रवेश गरेका श्रेष्ठ कामना ग्रुप पब्लिकेशनका संस्थापक अध्यक्ष समेत हुन्। उनले नेपाल समाचारपत्रकासाथै कामना मासिक, साधना मासिकलगायतको पनि सम्दकीय भूमिका निर्वाह गरेका थिए ।

थुप्रै पुस्तक लेखेका उनले प्रवल गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट लगायत डेढ दर्जनभन्दा बढी पदक तथा विभूषण प्राप्त गरेका छन् । श्रेष्ठका एक श्रीमती र ३ छोरा रहेका छन् ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७६ बैशाख ४, १०: २७

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७६ बैशाख ४, १०: २७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७६ बैशाख ४, १०: २७

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...