नुवाकोटमा बाढी र पहिरोबाट व्यापक क्षति, डा. महतद्धारा उद्धार, राहत र क्षतिपूर्तिको लागि अनुरोध – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नुवाकोटमा बाढी र पहिरोबाट व्यापक क्षति, डा. महतद्धारा उद्धार, राहत र क्षतिपूर्तिको लागि अनुरोध

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गएराती परेको अविरल बर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोट जिल्लाको क्षेत्र नं १ का विभिन्न स्थानमा पुगेको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “गएरातिको अविरल बर्षाले नुवाकोटको तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्कि पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्कि पुलहरुमा व्यापक क्षति पुगेको छ । म यस प्राकृतिक प्रकोपबाट पुगेको क्षति प्रति दुःख व्यक्त गर्दछु ।”

कांग्रेस प्रवक्ता महतले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै शीघ्र उद्दारकार्यमा लाग्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्नुभएको छ ।

पूर्वमन्त्री डा.महतले भन्नुभएको छ,“जोखिमयुक्त क्षेत्रमा रहनुभएका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई उच्च सतर्कता अपनाउनु हुन पनि अनुरोध गर्दछु ।”

उहाँले प्राकृतिक विपद्को यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ ।

कांग्रेस प्रवक्ता डा. महतले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्याएको सडक,पुल,खानेपानी आयोजना,सिंचाई आयोजना लगायतका संरचनाहरुको अनुगमन मूल्यांकन गरेर यथाशिध्र मर्मत,संभार र पुनर्निमाण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत अनुरोध गर्नुभएको छ ।

सम्बन्धित समाचार

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण २५, १४: १०

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
  • २०७९ श्रावण २५, १४: १०

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई...

विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?
  • २०७९ श्रावण २५, १४: १०

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...