‘मिस्टर भर्जिन’मा नामक फिल्म बन्दै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

‘मिस्टर भर्जिन’मा नामक फिल्म बन्दै

‘मिस्टर भर्जिन’मा नायक गौरव पहाडी र नायिका मरिष्का पोखरेललाई मुख्य भूमिकामा लिँदै यो नाममा फिल्म निर्माण हुन लागेको हो । बुधवार राजधानीमा एक कार्यक्रमका बीच वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीले ‘मिस्टर भर्जिन’को औपचारिक निर्माण घोषणा गर्‍यो ।
डेब्यू निर्देशक विशारद बस्नेतको निर्देशनमा बन्ने यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्नेछ । फिल्ममा गौरव र मरिष्काको अलावा भोलाराज सापकोटा, कमलमणी नेपाल, विजय बराल, रविन्द्र झा, सागर ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ ।
कार्यक्रममा बोल्दै नायक गौरव पहाडीले फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएपछि सबै परिवार सँगै बसेर हेर्न मिल्ने फिल्म रहेको बताए । यस्तै, नायिका पोखरेलले फिल्मको कथाबाट आफू प्रभावित भएको बताइन् ।

सम्बन्धित समाचार

‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
  • २०७४ मंसिर २७, १०: ३२

काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...

‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
  • २०७४ मंसिर २७, १०: ३२

काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...

शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
  • २०७४ मंसिर २७, १०: ३२

काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...