ओलीले पर्यटन मन्त्रालय सम्हालेपछि पाँच करोड घोटाला – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

ओलीले पर्यटन मन्त्रालय सम्हालेपछि पाँच करोड घोटाला

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी लिएपछि पाँच करोड घोटाला भएको आरोप लगाएका छन् । सांसद कँडेलका अनुसार ११ मार्च २०१८ मा नेपाल बायु सेवा निगमले बुकिङ सिस्टमको लागि भनेर ग्लोबल टेण्डर गरेको गर्दा त्यो परिमाणमा घोटाला भएको हो । ‘तीन वटा कम्पनीहरु ट्राभल पट, ग्यालियो र एआरडीएसले प्रतिस्पर्धा गरेका थिए ।

तर अहिले बिना प्रतिष्पर्धा सेवा भन्ने कम्पनीलाई बुकिङको लागि जिम्मा दिइयो’, कडेलले भने ‘बिना टेण्डर र आव्हान नगरी विगतको टेण्डरलाई एक बर्ष स्थगित गरेर करिव पाँच करोडको घोटाला गरिएको अहिलेको निगमको अध्यक्षको रोहवरमा भएको हो ।

प्रधानमन्त्री ओलीले म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भने पनि त्यहाँ काबारही गर्नु पर्यो भने आफन्तहरु देख्नु पर्ला भनेर कारबाही नभएको स्रोतले जनायो । प्रधानमन्त्रीले पर्यटन मन्त्रालय सम्हालेपछि नेपाल बायुसेवा निगमले झण्डै अढाई अर्ब रुपैयाँ घाटा बेहोरिसकेको दाबी गरे ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७६ असार २, ०९: ०९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७६ असार २, ०९: ०९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०७६ असार २, ०९: ०९

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...