काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी लिएपछि पाँच करोड घोटाला भएको आरोप लगाएका छन् । सांसद कँडेलका अनुसार ११ मार्च २०१८ मा नेपाल बायु सेवा निगमले बुकिङ सिस्टमको लागि भनेर ग्लोबल टेण्डर गरेको गर्दा त्यो परिमाणमा घोटाला भएको हो । ‘तीन वटा कम्पनीहरु ट्राभल पट, ग्यालियो र एआरडीएसले प्रतिस्पर्धा गरेका थिए ।
तर अहिले बिना प्रतिष्पर्धा सेवा भन्ने कम्पनीलाई बुकिङको लागि जिम्मा दिइयो’, कडेलले भने ‘बिना टेण्डर र आव्हान नगरी विगतको टेण्डरलाई एक बर्ष स्थगित गरेर करिव पाँच करोडको घोटाला गरिएको अहिलेको निगमको अध्यक्षको रोहवरमा भएको हो ।
प्रधानमन्त्री ओलीले म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भने पनि त्यहाँ काबारही गर्नु पर्यो भने आफन्तहरु देख्नु पर्ला भनेर कारबाही नभएको स्रोतले जनायो । प्रधानमन्त्रीले पर्यटन मन्त्रालय सम्हालेपछि नेपाल बायुसेवा निगमले झण्डै अढाई अर्ब रुपैयाँ घाटा बेहोरिसकेको दाबी गरे ।
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...