जताततैबाट आन्दोलन बोलाउँदै सरकार – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

जताततैबाट आन्दोलन बोलाउँदै सरकार

केदार सुवेदी
यो साता

नेपालको संसदीय इतिहासमै सरकारले विधिवत दर्ता गराएको विधेयक सडकमा भएको विरोधलाई थेग्न नसकेर विधिवत फिर्ता लिएको घटना पहिलो हो । तर पनि सरोकारहरुको आन्दोलन रोकिएन । उनका माग फिर्ता होइन खारेजीमा गएर अड्यो ।

चार असारमा विशाल जुलुसपछि १४ असारमा उपत्यकामा खबरदारीका लागि मोटरसाइकल जुलुस निकालियो । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिद्वारा आयोजित जुलुसले गएको शनिबार दिउँसो उपत्यकाका विभिन्न स्थान परिक्रमा गरेको थियो । पहिचान गुठी र स्वाधीनताको लागि उक्त जुलुस निकालिएको आयोजकले बताए ।

यो माथिको समाचारले बताउँछ गुठी विधेयकको रन्को सकिएको रहेनछ । यो अब स्वाधिनताको सवाल संग जोडिएछ । स्वाधिनता त्यस्तो कुरा हो जो २००७ को जनक्रान्तिदेखि २०४६ हुदै २०६२÷०६३ को आन्दोलन गर्न परेको थियो । यी आन्दोलनबाट प्राप्त स्वाधिनता नेकपाको सरकारले खोसेछ । यसको अर्थ यही हो  ।

माइतीघरमा बोलाउदै सरकार
सरकारबाट फिर्ता भैनैसक्यो अव खारेजीको माग उठन थाल्यो भने त्यो पनि गर्नपर्ने हुन्छ । यो भनेको राष्ट्रवाद, समृद्धि र स्थिर सरकारको ‘पपुलिस्ट’ नाराको आधारमा प्रचण्ड जनमतका साथ गत वर्ष सत्तामा पुग्न सफल नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई एउटा ठूलो झडका हो । माइतीघर मण्डलामा गतसाता भएको जनप्रदर्शन जस्तो थियो त्यसका छेउछाउ यस्ता ज्वारभाटा उठन छाडेका छैनन है भन्ने पत्र हो यो ।

सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद गुठी विधेयकको विरुद्धमा नागरिक समुदायको ०६२÷०६३ को जनआन्दोलनको झलक दिने गरी काठमाडौंका जनताद्वारा स्वतस्फूर्त रूपमा सरकार विरुद्धमा गगनभेदी नारा लागेपछि गम्भीर चुनौती उत्पन्न भएको अवस्थामा विधेयक फिर्ता भयो तर सडक आन्दोलन रोकिएन । यसको सन्देश यही हो ।

ओलीको दुईतिहाइको सरकार अनुत्तरदायी तथा स्वेच्छाचारी दिशातर्फ उन्मुख भएको आवस्थामा लोकतन्त्र नै खतरामा पर्ने त होइन भन्ने आशंका उव्जी रहेकाबेला माइतीघरले लोकतन्त्र सुरक्षित रहेको संकेत त गरेको छ नै यस्ता विवादका विषय अव माइती घरमानै पुगेरमात्र खारेजीमा पर्दा रहेछन् भन्ने सन्देश पनि पाइएको अवस्था होयो त्यसैले लोकतन्त्रको संरक्षण र जनमुखी नीति निर्माणको दृष्टिले माइतीघरले सकारात्मक सन्देश प्रवाह गरेको मान्नुपर्छ ।

सरकार १६ महिनामै प्राविधिक
माइती घर प्रदर्शन र त्यसपछिका अन्य प्रदर्शनले केवल गुठी विधेयकको विपक्षमा विस्फोट भएको आक्रोश मात्रै होइन, सरकार विरुद्धको शक्तिशाली जनमत हो । दुईतिहाइको ‘शक्तिशाली’ सरकार गठन भएको १६ महिना नबित्दै त्यसका विरुद्धमा यति सशक्त जनप्रदर्शन हुनु सरकारको असफलताको प्रमाण हो ।

माइतीघर मण्डला सरकारको अलोकप्रियताको ठोस मानक पनि बनेको छ । सरकारलाई प्राविधिक रूपमा दुईतिहाइको समर्थन भए पनि माइतीघर मण्डलाले जनसमर्थन गुमाइसकेको पुष्टि भएको छ । सरकारविरुद्धमा जनता यसरी सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु सरकारका लागि सुखद संकेत होइन । जब सरकारले जनताको विश्वास गुमाउँछ तब प्राविधिक बहुमतको औचित्य हुँदैन ।

यद्यपि शिवरात्रीको अवसरमा पशुपतिमा साधुहरू झैं दुईतिहाइको नशाले लठ्ठीएका ओलीले उक्त वास्तविकता आत्मसात् गरी कार्यशैली सुधार गर्ने सम्भावना क्षीण देखिन्छ । तर यता विगत केही वर्षदेखि नागरिक ‘समाज’ कमजोर भए पनि नागरिक आन्दोलन बलशाली नै रहेछ भन्ने पुष्टि भएको छ, जुन लोकतन्त्रको भविष्यका लागि सकारात्मक हो ।

गम्भीर आरोप
गुठी विधेयकलाइ फिर्ता गर्न एकदिन ढिलागरेका भए उपत्यकाका सबैनागरिक सडकमा उत्रने रहेछन । निहुँ गुठीको थियो तर मन चाहि दुइतिहाइको बलमा गरेको मनपरी विरुद्ध । यसले नागरिकलाई हेपेको भन्ने पनि बुझायो । गुठी त फिर्ता गर्न प¥यो नै सरकार आफैंले प्रस्तुत गरेका गुठीजस्तै नागरिकका जीवनपद्धतिमाथिनै आक्रमण गर्न खोजिएका दर्जन भन्दाबढी विषय संसदमा कायमै छन जसका विरुद्ध नागरिक यसरीनै सडकमा नउत्रिए कुनै पनि क्षण डस्ने छ ।

तयसै कारण यतिखेर ओली सरकारकारमाथि फाँसीवाद लाद्न खोजेको आरोप लागेको छ । अन्धो राष्ट्रवाद, इन्काउन्टरका नाममा नाममा जताततै बढ्दो हत्याका घटना, बौद्धिक वर्गप्रतिको उपेक्षा, नागरिकलाई कहिले विषालु सर्प त कहिले मूर्तिचोर आदि संज्ञा दिदै उनमाथि अरिँगाल खन्याइ दिनेजस्ता अभिव्यक्ति लगायतका घटना फाँसीवादका पूर्व संकेतका रूपमा उल्लेख गर्न थालिएको छ । ओली सरकारको वितेको यो डेढ वर्षमानै समाजमा देशको भावन यतिविस्तार भयो लरतरो रुपले यस्लाइ मेटन सकिदैन ।

हत्या र वलात्कार जस्ता अपराधमा कैयौं गुणाले वृद्धि भएको पनि आरोप लाग्न थालको छ र कतिपय त पुष्टी पनि हुँदै गएका छन । ओली सरकारको सबै भन्दाठूलो प्रहार नागरिकका मौलिक अधिकार र सञ्चारमाध्यममा बढ्दो सरकारी निगरानी हो । यतिबेलाका टिभि च्यानलहरू सत्ताधारी दलका प्रोपोगान्डा प्रसारमाध्यममा सीमित हुन वाध्य पारिदैछ । मन्त्रलिाइ प्रश्न सोभिदा मात्रै च्यानलका कार्यक्रम नै खारेज भएका र पत्रकारको जागीर खोसिएका घटना उदाहरण भइसकेका छन ।

अहिले त आरोप लागेको छ– हरेक च्यानलमा सरकराले मान्छे खटाएको छ सञ्चारमाध्यममा आउने सरकारविरोधी समाचारको अनुगमन र नियन्त्रणका लागि । यही बचिमा नागरिकले फेसबुक चलाउँदा १५ लाख रुपैयाँ जरिवाना र पाँचवर्ष कैद भोग्न तयार हुनुपर्ने गरी कानुन बनाउन लागिएको छ । यस्तो नगर भन्ने निकाय मानव अधिकार आयोग सरकार मातहतको निकायमा लान प्रस्ताव भैसकेको छ ।

सबैतिर उस्तै
आधुनिक नेपालको इतिहासमै पहिलो पटक सरकारले नागरिकको धर्ममाथि आक्रमण गरेर तिनका गुठी– सम्पत्तिहरुमा नियोजित रुपले कब्जा गर्न कानुन नै प्रस्ताव भयो । संविधानले सम्पत्तिको हकलाई ग्यारेण्टी गरेको छ तर त्यही कुरा यो वात यो वहानामा खोसिन खोजियो । यसैमा हो नागरिक सडकमा उत्रिएका ।

मान्छेको नीजि धर्ममाथिको प्रहार एक प्रकारले फाँसीवादको प्रारम्भिक संकेत नै हो । त्यसमा जसले असहमतिका स्वरहररू प्रकट गर्छन प्रधानमन्त्री आफै लागेर तिनका घाटी निचोर्न थालिएको छ अनेक व्यग्य वाणमार्फत ।

यो वेला निकाय भन्ने कुनै पनि स्वतन्त्र रहेनन यो छोटो अवधिमानै । महामभियोगको प्रस्ताव देखाएर प्रधानन्यायाधशि नियुक्त भएका छन । निर्वाचन आयोगका प्रमुख आयुक्त संविधानले वयवस्था गरेको पं्रतिपक्षको समेत सहमतिमा नियुक्त गर्नुपर्नेमा प्रतिपक्षलाई जानकारी नदिइकन नियुक्त भयो । विश्वविद्यालयदेखि अड्डा अदालत कतैपनि हस्तक्षेप गर्न बाँकी राखिएको छैन ।

विश्वविद्यालयका पूर्व उपकूलपतिहर सडकमानै उत्रन थालिसका छन् । त्यसमा हस्तक्षेप नगरियोस् भन्ने सुझावलाई लुकाएर कानून प्रस्ताव भएको छ । चिकित्सा शिक्षा हुँदै मिडिया काउन्सिल र गुठीसम्म आइपुग्दा सरकारले ल्याउन लागेका विधेयक एकपछि अर्को विवादमा परेका छन् । यी सबैमा क्षेत्रगत रुपले कव्जा गर्न खोज्दा यस्तो भएको बुझन सकिन्छ । गुठी विधेयकको विरोधमा त काठमाडौं उपत्यकाका जनता सडकमै उर्लिए मानव सागर भएर  ।

राष्ट्रियसभामा पेस भएको उक्त विधेयक जनदबाबपछि फिर्ता लिन सरकार बाध्य भयो । सरकारले २०७५ सालमा उच्चस्तरीय शिक्षा आयोग गठन गरेको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २५ सदस्यीय समितिले बनाएको प्रतिवेदन मन्त्रिपरिषदमा विचाराधीन छ । यो प्रतिवेदन न सांसदहरूले हेर्न पाएका छन् न सर्वसाधारणले । न त शिक्षासँग सम्बन्धित सरोकारवालाले ।

सांसद राधेश्याम अधिकारी भन्छन् हामीले प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रियसभामा पटक–पटक अनुरोध गरेका छौं । संसदलाई उपलब्ध गराइयोस् भनेका छौं । तर, मन्त्रीजी मान्नुहुन्न । मन्त्रिपरिषद्मा पेस भएकाले त्यहाँबाट नआउञ्जेल कसैलाई दिन वा प्रकाशित गर्न सकिन्न भन्ने उहाँको जवाफ छ । यो कुनै गोप्य राख्नुपर्ने विषय होइन ।

जति छलफल भयो, उति सबैका सरोकार समेटिने र परिस्कृत हुँदै जाने हो । गुपचुप राख्नुपर्ने दरकार किन प¥यो, मैले बुझ्न सकेको छैन । उच्चस्तरीय शिक्षा आयोगका सदस्य पनि यो प्रतिवेदन घर–घरसम्मै पु¥याउनुपर्ने बताउछन् । घर–घरसम्मै पु¥याउने भनिएको प्रतिवेदनबारे संसदलाई नै अँध्यारोमा राखिएको छ । त्यसपछि बनेको शिक्षा विधेयक कस्तो होला अनुमान गर्न सकिन्छ जसले प्राध्यापकहरुलाई सडकमा ओराल्दैछ ।

ओलीको सरकार प्रमुख एजेन्डा अस्थिरता अन्त्य गरी देशमा आर्थिक विकास तीव्र पार्ने र सुखी नेपाल बनाउने थियो । तर भैरहेको छ उल्टो । सरकार चलाउने नेता र उनका सहयोगीको काम फितलो या अपत्यारिलो भयो भने दुईतिहाइ या स्थिरताको केही अर्थ रहँदैन । जब निष्ठाको राजनीति लोप भई जसरी पनि सरकार हत्याई कमाउतन्त्रलाई बल दिनुपर्छ भन्ने एजेन्डा बलियो हुन्छ, तब सरकारी र गैरसरकारी कामकाज लेनदेनमा बदलिन्छन् र सरकारका निकाय र अन्य क्षेत्र प्रभावहीन हुन्छन् ।

देशमा यतिचखेर सबैले महसुस गरेको विषय हो शासनमा माफिया हावी हुनु । बालुवाटार जग्गा प्करणमा उउटानिायले हालै सूचना जारी ग¥यो हामजरि हुन आउनु भन्दै । तिनमा जसबाट जग्गा हडप्न प्रमुख भूमिकारहेको मानिएकोे थियो ती व्यक्ति परेनन । कारण हो ती सत्ताधारी दलका महामसचिव थिए ।

मानसिक प्रताडनामा सरकार
आज सरकारको दिशा कता हो त्यो पनि अत्तोपत्तो छैन । प्रधानमन्त्री ओली जो राष्ट्रवाद र स्थिरताका नारामा शक्तिमा पुगे आज ती एक्लिएका देखिन्छन् आफ्नै कारणले र आफूभन्दाबाहेक कोही छैन भन्ने मान्यताबाट रनै उनको कार्य शैलीलाइ फसिवाद भन्न थालिएको हुनुपर्छ । यसैले विरोधका स्वर मात्र होइन, यस सरकारका क्रियाकलापप्रति संगठित विरोध बढ्न थाल्दा प्रधानमन्त्री भने विरोधीलाई अनेक किसिमका भाषामा खिल्ली उडाउने गरेका छन ।

नेताको क्षमतामा प्रश्न उठ्न थालेपछि विरोधीको भूमिका पनि कठोर हुने गरेको सबैतिर पाइन्छ । जब विरोध दलभन्दा बाहिर गई सडकमा छ्याल्लब्याल्ल हुन्छ, अनि त्यो स्वस्फुर्त विरोध भई भावनामा बगी अनियन्त्रित हुने सम्भावना बढ्छ । काठमाडौंको हालसालै गुठीको विरोधमा भन्दै गरिएको सभा र जुलुस सरकारका अनेक असफलता र चिन्तनविहीन तरिकाले ल्याइएको विधेयकको विरोध हो । यसमा भावना र असन्तुष्टि दुवैले काम गरेका छन् ।

एकातिर सरकारका प्राथमिकतामा परेका केही चर्चित परियोजना अलपत्र परेका छन् भने अर्कातिर जनतामुखी काम भने केही भएका छैनन् । षड्यन्त्र मात्रका रूपमा अथ्र्याएर गालीमा उत्रिए सरकार अप्ठ्यारोमा पर्दै जान्छ । त्यस्तो अवस्थामा प्रचण्ड बहुमतले काम गर्दैन, न त अन्तिम अवस्थामा गरिने निर्णयले । ओलीको हठवादी चरित्र र शैलीले आमनागरिकलाई प्रताडना दिइरहेको छ मानसिक रुपमा । भनाइ छ ओलीका कुनै मन्त्री पनि उनी संग खुलेर कुरा गर्न हिच्किचाउँछन् । यस्तो बेला शासन कति कठोर रहेछ भन्ने आफै प्रकट हुन्छ नै । ओलीप्रतिको जनविश्वास कति घटेकोछ भन्ने दश ठाउमा मापन हुन थालेको छ ।

जनताले भोट दिँदा उनलाई एक निष्कलंक, साहसी नेताका रूपमा हेरेका थिए तर ओली आपैले त्यसलाइ पोलेर खाएको आरोप लाग्न थालेको छ । यतिखेर ओली दलाल पुँजीपति, बिचौलिया आदिको प्रभाव बाहिर पर्न सकेनन् । त्यसैले उनको प्रशासनमा भ्रष्टाचार बढेको, कुनै पनि घोटालाप्रति उदासीन रहेको र बोलीमा मात्र शून्य सहनशीलताको नारा दिएको सोच जनमानसमा परेको छ । त्यसकै प्रकट रुपहो काठमाण्डौ मण्डलाको गत हप्ताको विशाल जनप्रदर्शनी जसको आयोजक हो सरकारको काम ।

दर्जन बढी उस्तै
एउटा विधेयक त भरखरै फिर्ता भयो जनताको ठुलो प्रदर्शनीका कारण । यो थियो गुठीलाइ कव्जा गर्ने मानिएको विधेयक तर यस्ता दर्जन बढी विधेयक संसदमा छन जसले समाजमा आगोवाल्ने स्थिति ल्याउदै छ । यी सबै विधेयक निर्माण प्रक्रियामा सरोकारवाला संघसंस्था र व्यक्तिलाई उपेक्षा गर्दै गोप्य रुपम बनाइएको र सोही अनुसार संसदमा दता गनेृ गरिएकोकारण यस्तो विवाद आउको बुझन सकिन्छ ।

यस अघिकासंसदहरमा यस्ता विधेयक आउदा वा ल्याइदा व्इपक रुपलिे बहस चलाइन्थ्यो । तर यो सरकराको यो कार्यकालमा मस्यौदा निर्माण क्रममा मन्त्रालयहरूले सार्वजनिक चासोको विषय मानिने विधेयक निर्माण अत्यन्तै गोप्य ढंगले गर्ने अभ्यास थाले ।

सार्वजनिक अन्तक्रिया हुनै छाड्यो । कतिसम्म भने कुन विधेयकमा काम हुँदै छ, कुन अवस्थामा पुगेको छ जस्ता सामान्य जानकारी दिन पनि मानिदैन । यसले गखर्दा गलत प्रकारले विधेयक प्रस्तुत हुन गैरहेका छन जसले आन्दोलनलाई निम्त्याइरहेको अवस्था छ जुन गलत अभ्यास हो ।

सुटुक्क गर्दाको अवस्था
कुनै पनि विधेयक निर्माण प्रक्रियामा बढीभन्दा बढीको संलग्नता भयो तयो त्यतिने परिसर्कत हुँदै जान्छ । यसलाई गोप्य राख्न र त्यसमा सरोकारवालालाई सहभागी नगराइनुले यो कसकालागि गरिदै छभन्ने प्रश्न उठाउछ । समाजकालागि बनाउने कानुन समाजलेनै मानेन् भने त्यसको अर्थ रहँदैन । यसका उदाहरण छन । मुख्य सरोकावाला गुठियारहरू त्यसविरुद्ध सडकमा आएपछि सरकारले गुठी विधेयक फिर्ता लिनुप¥यो ।

मिडिया काउन्सिल विधेयकका मुख्य सरोकारवाला पक्ष पत्रकार महासंघ र प्रेस काउन्सिल त्यसको विरोधमा छन । बन विधेयक अर्को उदाहरण हो आन्दोलनको । सरकारले ल्याएको मानव अधिकार सम्बन्धी विधेयकप्रति असन्तुष्टि छताछुल्ल भैरहेकोछ । विधेयकलाई लिएर आयोगका पदाधिकारीले खुलेरै विरोध गरेका छन । उनीहरु सामुहिक राजीनामा समेत गर्न तयार भएका छन् । लोकसेवा आयोग विधेयकलाई लिएर लोकसेवाले असन्तुष्टि व्यक्त गरिसकेको छ ।

विधेयकमा प्रस्तावित नयाँ प्रावधानहरूले आयोगको स्वायत्तता र कामकारबाही प्रभावित हुने गुनासो छ । मानव अधिकार उल्लंघनकर्ता उपर मुद्दा चलाउने वा आयोगको सिफारिस कार्यान्वयन गर्ने विषय महान्यायाधिवक्ताको तजबिजी अधिकारभित्र पार्न खोजिएको प्रति मानव अधिकार आयोगको विरोध छ । सार्वजनिक कार्यक्रममै शक्तिको उन्मादबाट उन्मत्त भएर सरकारले नागरिक अधिकार संकुचित गर्ने विधेयकहरू ल्याएको आयोगका अध्यक्षले वताइसेका छन् ।

लोकसेवामा खटिएका कर्मचारीलाई सरकारले आफूखुसी सरुवा गर्न सक्ने, प्राप्त बजेट परिचालन गर्दा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने विधेयकको नयाँ प्रावधानप्रति लोकसेवाले आपत्ति जनाउँदै आएको छ । विद्यमान कानुनमा लोकसेवामा खटिएका कर्मचारीको सरुवा लोकसेवाको परामर्शमा मात्रै गर्न पाउने व्यवस्था छ ।

यस्तो व्यवस्था गर्नु भनेको लोकसेवालाइ नियन्त्रणमा राख्नु हो । यस अघि विनियोजित बजेटको खर्च आयोगले आवश्यकताअनुसार आफैं निर्णय लिएर गर्दै आएको छ । आयोगले मस्यौदा बनाएर दिएको भन्दा धेरै फरक प्रावधानसहित सरकारले संघीय संसदा विधेयक दर्ता गराएको हो ।

केही पहिले विश्वविद्यालयका पूर्व उपकुलपतिहरुले पत्रकार सम्मेलननै गरेर विश्वविद्यालय सम्बन्धी ऐनप्रति आपत्ति जनाएका थिए । विश्वविद्यालयका उपकुलपतिहरुसहितका पदाधिकारीलाई सरकारले चाहेका बेला हटाउन सक्ने प्रावधान राखेर ल्याइएको विश्वविद्यालय सम्बन्धी ऐनप्रति शिक्षाविद्हरूले विरोध जनाइरहेकै छन् ।

शिक्षा मन्त्रालय हावी हुने गरी ल्याइएका कतिपय प्रावधानले विश्वविद्यालयहरूको स्वायत्तता खोसिने सरोकारवालाहरूको चिन्ता छ, जो स्वाभाविक पनि हो । यस्ता संस्थामात्र होइन सेनाजस्तो गम्भीर विषय पनि त्यसरीनै चलाउन थालियो ।

राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक, जहाँ सेना परिचालनको अधिकार एक्लै प्रधानमन्त्रीका हातमा दिन खोजिएको छ । त्यसप्रति सेनाको असन्तुष्टि छ । अनुशासनमा बाँधिएका कारण सैनिक अधिकारीहरूले त्यसको खुला विरोध नगरे पनि पूर्वसैनिक अधिकारीहरूमार्फत व्यापक असन्तुष्टि बाहिर आइसकेको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ असार १६, ०६: ०९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ असार १६, ०६: ०९

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ असार १६, ०६: ०९

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...