
काठमाडौं । नक्सालस्थित हिमाल अस्पताल र त्यहाँ कार्यरत एक चिकित्सकको लापरबाहीका कारण २८ महिनाकी बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले बुधबारदेखि शान्तिपूर्ण धर्ना दिएका छन् ।
पीडितले अस्पताल र चिकित्सको लापरवाहीले सीमा नाघेको भन्दै कारबाही र क्षतिपूर्तिको लागि माग समेत गरेका छन् ।
मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग उचित क्षतिपूर्ती र कारबाहीको माग गरेका हुन् ।
उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरी घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
सामान्य रुघाखोकी लागेकी प्रशंशालाई सो अस्पतालमा माघ २३ गते पुर्याएको तर उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षणसमेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रिफर लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकल रेकर्ड समेत नदिएर आफ्नी छोरीको ज्यान गएको उनीहरुको पीडित परिवारले माग गरेका छन् ।
अन्तिम अवस्थामा बिरामी नबाँच्ने भएपछि परिवारका सदस्यले महाराजगंजस्थित मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याएको दुई घण्टा पनि नबित्दै प्रशंशाको मृत्यु भएको थियो । हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गंगा गौतमले दाबी गरेका छन् ।
रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षणसमेत नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको जनाउँदै पीडित गौतमले छोरीको उपचारमा लापरबाही गर्ने सो चिकित्सकको लाइसेन्स छानबिन गर्न नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी पनि दिएका छन् ।
गौतमले सो अस्पतालमा छोरी प्रशंशाको परीक्षण गराएको तर अस्पतालले आफूहरुको आग्रहमा पाँचौ दिन एक्स रे गरेर हेर्दा फोक्सोको ६० प्रतिशत भागमा पानी जमेको पाइएपछि चिकित्सक यावदले पीआइसीयू नभएको भन्दै कान्तिबाल अस्पतालमा रेफर गरेको मृतक बालिकाका बुवा गौतमले बताए ।
तर, रेफर गरिएको लेटरमा चिकित्सक यादवले आफ्नो हस्ताक्षरसमेत नगरेर लापरबाही गरेको पीडित गौतमको गु्नासो छ। पीडित गौतमले फागुन ८ गते सोमबार आफूहरुमाथि न्यायको माग गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन्।
प्रशंशाको १३ औं पुण्यतिथि सकिएपछि पीडित गौतमले न्यायको माग गर्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए भने बुधबारदेखि धर्ना दिएका छन् । धर्नाका कारण सो अस्पतालको आकश्मिक वाहेक सबै सेवा बन्द भएका छन् । न्यायका लागि अदालत जान आफूहरु बाध्य हुने गौतमले बताए ।

चिकित्सकको गम्भीर लापरवाहीले एक वालिकाको मृत्यु हुँदा समेत अस्पताल प्रशासनले उनलाई कारबाही गरेको छैन । उता मेडिकल काउन्सिलले पनि आफ्ना सदस्यको बचाउका लागि हुनसक्कुछ साे घटनाका विषयमा माैनता साँधेकाे छ । काउन्सिलकाे याे माैनतालायर् धेरैले रहस्यपूर्ण रूपमा हेरेका छन् । चिकित्सकको लापरवाहीले गर्दा देशमा सयाैंकाे संख्यामा विरामीको निधन हुने गरेको छ भने कतिपयको अवस्था गम्भीर हुने गरेको छ ।

अस्पतालमा भर्ना भएका विरामीको विषयमा पर्याप्त जानकारी नलिने र परिक्षण नै नगर्ने प्रचलन तथा विरामीको अवस्थाका बारेमा समयमै सुसूचित नगर्ने चिकित्सकका कारण बिरामीहरु झन पीडित हुने गरेका छन् । पीडितले शान्तिपूर्ण ढंगले गरेकाे गुनासाे नसुन्ने र माग पुरा नगर्ने तर ताेडफाेड र कुटपीटमा उत्रिएपछि मात्र छानबिन गर्ने गलत संस्कारका कारण निमुखा नागरिकले नीजी क्षेत्रका अस्पतालबाट झन पीडित हुनु परेकाे छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...